arrow

फरार ३५ अभियुक्त प्रहरीको फन्दामा

logo
प्रकाशित २०७३ माघ १४ शुक्रबार
Hatkadi-2.jpg.jpeg

दमौली  । तनहुँ जिल्ला अदालतबाट विभिन्न मितिमा कैद सजाय तोकिएका फरार ३५ जना अभियुक्त प्रहरीको फन्दामा परेका छन् । फरार अभियुक्तको खोजी गरिएको दुई हप्तामै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक मनोज पाण्डेले बताए । 

पक्राउ परेका मध्ये छ जनालाई कैद भुक्तानका लागि थुनामा राख्न कारागार पठाइएको र बाँकी व्यक्ति जरिवाना रकम तिरी छुटेको उनले बताए ।

हत्यामा संलग्न व्यक्तिलाई पुर्पक्षका लागि जेल चलान गरिएको र अंशवण्डा, गाली बेइजती, ज्यान मार्ने उद्योगजस्ता मुद्दामा आदेश भएका अभियुक्तलाई पक्राउ गरी जरिवाना गराएर छाडिएको हो । अदालतले कैद र जरिवाना तोकिएपछि फरार रहेका पाँच सय १८ मध्ये ३५ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ