arrow

पाेखरामा दिल हैन पानी चोरी भाे रे !

logo
प्रकाशित २०७३ माघ १४ शुक्रबार
fewa-nepal-news.jpeg

पोखरा । नेपाल खानेपानी संस्थान पोखरा शाखाले घारीपाटन र सिर्जनाचोकमा मिटर निकालेर पानी चोरी गर्ने सात ग्राहकलाई जरिवाना गरेको छ । संस्थानबाट अनुगमनमा गएको टोलीले उनीहरुलाई कारबाही गरी ३५ हजार जरिवाना गरेको हो ।

उनीहरुको साथबाट केही थान मोटरसमेत जफत गरिएको संस्थानका प्राविधिक लक्ष्मण पाण्डेले बताए । स‌ंस्थानले पोखरामा पानी चोरी गर्नेको सूची तयार भइरहेको जनाएको छ । हाल ३७ हजार ग्राहकलाई खानेपानीको सुविधा पुर्‍याउँदै आएको संस्थानको करिब रु १७ करोड बक्यौता रहेको महशुल शाखाका कमलकान्त लामिछानेले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ