arrow

जुम्ला सेताम्मे, किसान खुस्

logo
ईश्वरीप्रसाद देवकोटा,
प्रकाशित २०७३ माघ १४ शुक्रबार
main-pic-him.jpeg

जुम्ला । जुम्लामा शुक्रबार तेस्रो पटक हिमपात भएको छ । यस वर्ष पुसको अन्तिम साताको आइतवार पहिलो पटक हिउँ परेको थियो । यस्तै, माघको पहिलो साताको आइतबार दोस्रो पटक र शुक्रवार बिहानै देखि तेस्रो पटक हिमपात भएको हो ।

पोहोर मंसिरको दोस्रो हप्तामै हिमपात भएको थियो । यसपाली पुसको  अन्तिम साता र माघको पहिलो साता हिउँ परेपछि किसानहरु खुसी भएका छन् । गएको भदौयता मेघ नआउँदा हिउँदे खाद्यान्न बाली र लेकाली नगदे बाली सवै सुकिसकेका थिए । हिउँ परेपछि किसाहरुलाई फाइदा पुग्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

शुक्रबार बिहानबाट लगातार हिउँ परेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । हिमपातमात्र नभई उत्तिकै पानी पनि परेकाले हिउँदे बाली जाैँ, गहुँ, मकै सप्रने किसानको आश छ ।

यस्तै, आलु खेती लगायत स्याउ, ओखरको फल सप्रने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भरत प्रसाद कँडेलले बताए । हिउँदको समयमा सिंचाइको अभाव हुने भएकाले जुम्ला सहितका हिमाली जिल्लामा हिउँले सिंचाइको का गर्ने गर्दछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ