arrow

सरकारी कार्यालयले नै विद्युत महसुल नतिरेपछि.....

logo
प्रकाशित २०७३ माघ १५ शनिबार
electricity-metre.jpeg
काठमाडौं । नेपाल विद्युत प्राधिकरण केन्द्र बनेपा काभ्रेले अहिलेसम्म जिल्लामा सरकारी कार्यालयबाट ९ करोड ७२ लाख ५० हजार ९ सय १० रुपैयाँ १३ पैसा बक्यौता उठाउन बाँकी रहेको जनाएको छ ।
 
जिल्लास्थित दुई दर्जनभन्दा बढी सरकारी कार्यालयबाट सो रकम असुल्न बाँकी रहेको प्राधिकरण केन्द्र प्रमुख नवलकिशोर गोइतले जानकारी दिए ।
 
विद्युत प्राधिकरण केन्द्र काभ्रेले चुहावट रोक्ने अभियानलाई तीव्रता दिँदै आएको छ । 
 
कार्यालयले ०७२ माघदेखि विद्युत चुहावट अभियानलाई तीव्रता दिँदै आएको हो । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ