arrow

तीन दलको कोटामा तीन निर्वाचन आयुक्त

logo
प्रकाशित २०७३ माघ १५ शनिबार
Election-Commission-hamrakura-3.jpg.jpeg
काठमाडौ । संवैधानिक परिषद्ले निर्वाचन आयोगमा रिक्त तीन सदस्यमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
 
संवैधानिक परिषद्को शुक्रबारको बैठकले पूर्वप्रशासकहरू ईश्वरीप्रसाद पौडेल, नरेन्द्र दाहाल र सुधीरकुमार शाहलाई सिफारिस गर्ने निर्णय गरेको हो । 
 
पौडेल पूर्वरक्षा सचिव हुन् भने कानुन पृष्टभूमिका दाहाल निर्वाचन आयोगकै पूर्वसचिव हुन् । त्यस्तै शाह भने गृह मन्त्रालयका सहसचिव हुन् ।
 
निर्वाचन आयोगको सदस्यका लागि सिफारिस भएका पौडेल कांग्रेस कोटामा, दाहाल एमाले र शाह माओवादी कोटाबाट सिफारिस भएका हुन् । 
 
परिषद्ले सिफारिस गरेका तीनै सदस्यका छिट्टै संसदीय सुनुवाइ भई अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् । 
 
तीन सदस्यहरूको नियुक्तिसँगै निर्वाचन आयोगले पूर्णता पाउनेछ । 
 
पाँच सदस्यीय आयोगमा प्रमुखमा अयोधीप्रसाद यादव र एक सदस्य ईला शर्मामात्रै छन् । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ