arrow

मृगौला पिडित खगेन्द्रको उपचारका लागि सहयोगको अपिल

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ माघ १५ शनिबार
kidney.jpg.jpeg
पाँचथर ।  मृगौला रोगबाट पीडित पाँचथरको याङ्नाम ७ का ३६ वर्षिय खगेन्द्र थाम्सुहाङको उपचार खर्च जुटाउनका लागि गठित ‘खगेन्द्र थाम्सुहाङ बचाउँ अभियान’ मूल समिति पाँचथरले खगेन्द्रको जीवन बचाउन सहयोगको अपिल गरेको छ ।
 
दुई वर्ष अघिदेखि मृगौला रोगबाट पीडित खगेन्द्रको हाल आएर मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकाले सहयोगको अपिल गरिएको अभियानका अध्यक्ष इन्द्र कुरुम्बाङले बताए । कमजोर आर्थिक अवस्था भएको खगेन्द्रको परिवार सँग  बाँकि उपचार गराउँने अवस्था नरहेकाले विभिन्न सहयोगी हातहरु सँग अपिल गरिएको बताइएको छ ।
 
उनको उपाचारका लागि हालसम्म ६२ हजार रुपैंयाँ संकलन भएको र सहयोगकै लागि आगामी माघ २० गते फिदिममा गजल साँझको आयोजना समेत गरिने बताइएको छ । संकलित रकम माघ २२ गते गणतन्त्र चोकमा एक कार्यक्रमको आयोजना गरी बिरामीका आफन्तलाई हस्तान्तरण गर्ने कार्यक्रम समेत तय गरिएको अभियान समितिले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ