arrow

काँग्रेसले समर्थन र प्रस्तावक नगर्दा आफुलाई कस्तो लागेको छ–ओली

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1018979866.jpeg
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीका उम्मेद्वार केपी शर्मा ओलीले नेपाली काँग्रेसले आफुलाई समर्थन र प्रस्तावक नगर्दा आफुलाई कस्तो कस्तो लागेको बताएका छन् । प्रधानमन्त्री पदको निर्वाचनका लागि व्यवस्थापिका संसदको बैठकमा सम्बोधन गर्दै उनले नेपाली काँग्रेससँगै सहकार्य गर्दै अघि बढिरहेको स्मरण गर्दै काँग्रेसलाई उम्मेद्वारी फिर्ता लिएर समर्थन गरिदिन आग्रह गरे ।

‘जुन पार्टीसँग सधैं रह्यो, सधै रहेर संविधान निर्माण ग¥यौं, आज नेपाली काँग्रेस प्रस्ताव र समर्थक नहुँदा कस्तो–कस्तो लागेको छ,’ ओलीले भने, ‘हामी सहमतिका साथमा देश अगाडि बढाउन चाहन्छौं । हामीले संविधानको प्रभावकारी कार्यान्वयन गर्नुछ, कतिपय प्राविधानमा संशोधन गर्नुपर्ने छ । त्यसकारण यो अवस्थामा हामी सहकार्य गर्न तयार छौं ।’ उनले कोईरालालाई समर्थन गर्दाको क्षणलाई सम्झिएका थिए ।

उनले सहमति र सहकार्यको सम्मान गर्न आग्रह गर्दै आफु फोटो टाँस्नका लागि उम्मेद्वारी दर्ता गरेको नगरेको दाबी गरे । ‘देश र जनताका लागि केही गरौं भनेर गरेका हौं, छिमेकी मुलुकसँग भएको असमझदारीलाई पनि हटाउँदै जानुछ ।’ उनले भने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ