arrow

सैनिक विमान दुर्घटना हुदाँ दशको मृत्यु

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार
BSF_PTI_2666893g.jpg.jpeg
नयाँ दिल्ली । चार्टर गरेर सेनाका सदस्यहरुलाई लगिएको बीएसएफको विमान नयाँ दिल्लीको प्रमुख विमानस्थलनजिकै मङ्गलबार दुर्घटनाग्रस्त हुँदा विमानमा रहेका १० व्यक्तिको मृत्यु भएको समाचार छ । भारतीय कनिष्ठ नागरिक उडड्यान मन्त्री महेश शर्माले सो दुर्घटनामा १० व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् 
 
दुई इञ्जिन भएको सानो उक्त विमान सेनाका १० सदस्यलिएर इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही समयपछि नै दुर्घटना भएको जनाइएको छ । उक्त दुर्घटना स्थानीय समयानुसार सोमबार बिहान ९:५० बजे बिहान रहेको जनाइएको छ । विमानस्थलबाट विमान उडेको केहि समयपछि नै चालकसँग सम्बन्ध बिच्छेद भएको वायुसेवाका अधिकारीहरुले जानकारी दिएका छन् । सो दुर्घटनाग्रस्त इलाकामा उद्धारकार्य जारी रहेको बताइएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ