arrow

भारतीय गणतन्त्र दिवसमा खुसी साटासाट, सांसद पनि दंग

logo
प्रकाशित २०७३ माघ १५ शनिबार
nepal-india-flag.jpeg
बुटवल । मित्रराष्ट्र भारतको ६८औँ गणतन्त्र दिवसको अवसर पारेर नेपाल–भारत सीमा क्षेत्र बेलहियामा नेपाल र भारतका नागरिकले खुसी साटासाट गरेका छन् । उक्त कार्यक्रममा दुवै देशका नागरिक, सांसद, उद्योग वाणिज्य सङ्घका नेता तथा पत्रकारले खुसी साटासाट गरेका हुन् ।
 
नेपाल–भारत मैत्री सङ्घ बेलहिया उपशाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपालको व्यवस्थापिका–संसद्का सांसद इस्तियाक अहमद खानले मित्रराष्ट्र भारतको गणतन्त्र दिवसले अवसरमा दुबै मुलुकका सीमावर्ती क्षेत्रका जनताबीचको सम्बन्ध सुदृढ गर्ने अवसर जुराइदिएको बताए ।
 
उपशाखाका अध्यक्ष श्रीचन्द गुप्ताको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गोरखा भूपू सैनिकका क्याप्टेन डम्बर गुरुङले नेपाल र भारतका जनताको सम्बन्ध सदियौँदेखि मिलेर बस्दैआएको बताए । 
 
सो अवसरमा नेपाल–भारत मैत्री सङ्घका केन्द्रीय पूर्व अध्यक्ष मुरारी अग्रवालले दुई देशका नागरिकस्तरमा कायम सम्बन्धलाई थप मजबुत बनाउन यस्ता कार्यक्रम फलदायी हुने बताए । 
 
कार्यक्रममा भारतीय अतिथि भारतीय उद्योग व्यापार मण्डलका अध्यक्ष विजय रौनियार, भारतीय सेनाका मनोज राना, सुनौली ग्रामका पूर्व प्रधान रामानन्द रौनियार र नेपालका तर्फबाट नेपाल–भारत मैत्री सङ्घका केन्द्रीय सदस्य उमापति न्यौपाने, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष डा शान्तकुमार शर्मालगायतले शुभकामना मन्तव्य राखे । 
 
त्यस अवसरमा दसगजा क्षेत्रमा ओहरदोहर गरेका सर्वसाधारणलाई मिठाइसमेत वितरण गरिएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ