arrow

अब नेताकामात्र हैन उत्पादनका पनि पकेट क्षेत्र

थाङ्पालकोट बन्यो अलैँची पकेट क्षेत्र

logo
प्रकाशित २०७३ माघ १५ शनिबार
alaichee.jpeg
मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्रमा पर्ने थाङ्पालकोट गाविसलाई शुक्रबार अलैँची पकेट क्षेत्र घोषणा गरिएको छ । जिल्ला कृषि विकास कार्यालय र टालटुलेश्वरी लघु उद्यमी समूह थाङ्पालकोटद्वारा आयोजित घोषणा कार्यक्रममा वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठले अलैँची खेतीे निकै विस्तार भएका कारण थाङ्पालकोटलाई अलैँची पकेट क्षेत्र घोषणा गरेकोे बताए । 
 
उक्त गाविसमा विगत १० वर्षदेखि अलैँची खेती हुँदै आएको लघु उद्यमी अलैँची समूहका अध्यक्ष दोगदोग तामाङले बताए ।
 
थाङ्पालकोटमा अलैँची उत्पादन फस्टाउनुका साथै यसको उत्पादनमा क्रमिक वृद्धि भइरहेको त्यहाँका कृषकले बताएका छन् । उक्त गाविसका धेरै कृषक अलैँची उत्पादनबाट आत्मनिर्भर बनेका छन् । 
 
थाङ्पालकोटमा मात्रै ९०० रोपनीमा अलैँची खेती भइरहेको छ । यस जिल्लाका बरुवा, चोकटीलगायतका ठाउँमा समेत अलैँचीखेती हुँदै आएको छ । 
 
विगत वर्षको तुलनामा यो वर्ष अलैँचीको भाउ घटेको यहाँका किसानले बताएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ