arrow

धनी व्यक्तिका अनौठा सौख, कसले कस्ता कपडा लगाँउछन् ?

logo
प्रकाशित २०७३ माघ १५ शनिबार
biggest-billionaires-in-the-world-696x387.jpeg
एजेन्सी । विश्वका धनी व्याक्तिका बारेमा हामिले सुन्ने गरेकै छौ । तर के तपाईले उनका अनौठो स्टाइलका बारेमा सुन्नु भएको छ ? आज हामि ती धनि व्यक्तिका अनौठा स्टाइल तपाईलाई भन्न गइरहेका छौ । 
 
Bill Gates
बिल गेट्स
बिल गेट्स विश्वका सबै भन्दा धनी व्याक्ति हुन् । उनको कुल सम्पत्ति ५४० अर्ब अमेरिकि डलर रहेको छ । तर पनि उनि केहि सामान्य चिजको सौख राख्छन् ।उनि मुख्य रूपमा ज्यादा फैशनेबल छैनन् । उनि सधै पेस्टल रंगको स्वेटर र शर्ट लगाउन मन पराउछन् । तर उनि कुनै बिशेष व्यक्तिलाई भेट्न जादा ग्रे र ब्राउन रंगको सूट लगाउने गर्दछन् । बिल गेट्स सादा जीवन उच्च विचारमा विश्वास राख्ने व्याक्ति हुन् । 
 
Mark Zuckerberg
मार्क ज़ुकरबर्ग
संसारको सबैभन्दा ठुलो  सोशल नेटवर्किंग वेबसाइट फेसबुकका फाउन्डर मार्क जुकरबर्ग सधै डेनिम र ग्रे कलरको टी शर्ट लगाउन मन पराउछन् । कयौ  फेशन एक्सपर्टले मार्क जुकरबर्गको सो यूनिफार्म हेरेर आ-आफ्नो राय दिनि गरेका छन् ।  केहिले उनि आफ्नो इमेज कूल बनाएर राख्न सो कपडा लगाएको मान्छन् भने केहि दैनिक कपडा छान्न हुने झन्झट।  मार्क भने सरल कपडा लगाउदा उनि कन्फिडेन्ट महसुस गर्ने बताउछन् । 
 
Jack Dorsey
जेक डोरसे
 
ट्विटरका फाउण्डर तथा सीईओ जेक निमै फेशनेबल छन् । चाहे क्लीन कट ज्याकेट होस् वा  डेनिम उनि हरेक प्रकारका स्टाइलिश कपड़ा लगाउन रुचाउछन् । साथै उनि कयौ पटक महंगो ब्राण्डको कपडमा देखिने गर्दछन् । एक समय उनि निकै स्टाइलिश थिए सो समय उनले  नाक समेत छेडेका थिए र उनि अमेरिकी नायक एड्रियन गार्नियर जस्ता देखिन्थिए । 
 
 
Kumar Mangalam Birla
कुमार मंगलम बिरला
कुमार मंगलम बिरला भारतका नाम चलेका व्यवपारि हुन् । उनि पार्टीमा जादा निकै स्टाइलिश कपडा लगाउछन् । उनि प्राय उज्यालो रंगको सूट र कलर टीशर्ट लगाउन मन पराउछन् । उनि चस्मा लगाउन पनि त्यतिकै लालयित  हुन्छन् । 
 
 
Ratan Tata
रतन टाटा
रतन टाटा एक अर्थोडक्स स्टाइल आइकन हुन् । उनि सधै फर्मल आउटफिटनै लगाउछन् सायद उनले कहिले क्यजुअल आउटफिट लगाएका छैनन् । उनि सधै डार्क नेवी ब्लू वा ब्ल्याक कलरको सूट लगाउछन् । साथै उनि कहिले काहि ग्रे सूट पनि लगाउछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ