arrow

मेलुङमा शल्यक्रिया सहितको निशुल्क आँखा शिविर सेवा

logo
बिक्रम कार्की,
प्रकाशित २०७३ माघ १५ शनिबार
aakha-jaach.jpeg
दोलखा।  दोलखाको दक्षिणी क्षेत्र मेलुङ गाविसमा शल्यक्रिया सहितको निशुल्क आँखा शिविर सेवा शुरु भएको छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका बरिष्ठ नेत्र विशेषज्ञ डा. ईन्द्र प्रसाद ढुङ्गेलको नेत्रित्वमा काठमाडौबाट आएको टोलीले ४ दिनसम्म निशुल्क सेवा प्रदान गर्नेछन ।
 
नेपाली काङ्ग्रेसका नेता एबम् डाडाखर्क गाविसका जननिर्वाचित गाविस अध्यक्ष स्व. बल बहादुर तामाङको स्मृतिमा बल बहादुर तामाङ स्मृति प्रतिष्ठानले नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राबिधिक सहयोग र ह्यान्स फर नेपालको समन्वयमा शल्यक्रिया सहितको निशुल्क आँखा शिविर संचालन गरेको प्रतिष्ठानका संरक्षक बर्मा लामाले बताए ।
 
आँखाको समस्या भई आर्थिक कमजोरीका कारण राजधानी उपचार गर्न जान नसक्ने धेरै बिरामीहरुका लागी निशूल्क आँखा शिविरले सहयोग पुर्‍याउने लामाले जानकारी दिए । शिविरमा दोलखाका डाडाखर्क, मेलुङ, ध्याङ, भेड्पु, मालु, शहरे र रामेछापका फुलासी, डडुवा गाबिसका बिरामीहरुले उपचार गराएका छन् ।
 
शल्यक्रिया गर्नुपर्ने बिरामीलाई खाना, बस्न र संभब भएसम्म निबासमा पुर्‍याउने ब्यवस्था समेत रहेको आयोजकले जनाएको छ । शिबिरको पहिलो दिन माघ १४ गते ८० जना बिरामीले उपचार गराएका छन् तिमध्ये २० जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । शल्यक्रिया भने १५  गतेबाट हुने ह्यान्स फर नेपालका अध्यक्ष कुमार अधिकारीले बताए । शिविर माघ १७ गते सम्म चल्नेछ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ