arrow

निर्वाचनका लागि दलहरुबीच मतभिन्नता छैन : सभामुख घर्ती

निर्वाचनको मिति घाेषणा हुने दिन अाइसक्याे

logo
प्रकाशित २०७३ माघ १५ शनिबार
onsari.jpeg
विराटनगर। सभामुख ओनसरी घर्तीले निर्वाचनसँग सम्बन्धित सबै विधेयकहरु व्यवस्थापिका–संसद्बाट आगामी सोमबार पारित हुने बताएकी छन् । सभामुख घर्तीमगरले पर्सी सोमबारसम्ममा निर्वाचनसम्बन्धी सबै बिधेयक पारित भएर निर्वाचनको मिति घोषणा हुने समेत बताएकी छन् ।
 
नेपाल मगर विद्यार्थी सङ्घ मोरङको लेटाङमा आयोजना हुने नवौँ राष्ट्रिय महाधिवेशनमा भाग लिन जाने क्रममा विराटनगर विमानस्थलमा सभामुख घर्तीले पत्रकारहरुसँग संविधान कार्यान्वयनका सन्दर्भमा हुने निर्वाचनको विषयमा दलहरुबीच कुनै मतभिन्नता नरहेको बताइन् । 
 
उनले भनिन् , 'संविधानमा आफ्नो समुदायको हक अधिकार स्थापित गर्ने विषयबाहेक निर्वाचनको सम्बन्धमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मत भिन्नता रहेको आफूले पाएको छैन ।'
 
सबै राजनीतिक दलको सर्वसम्मतिमा निर्वाचनसम्बन्धी विधेयक फटाफट पास हुनुले पनि यो कुरालाई पुष्टि गर्दछ भन्दै सभामुख घर्तीले राष्ट्र र जनताको हितका लागि आआफ्नो अडानमा लचिलो हुने काम सबै राजनीतिक दलबाट हुनुपर्दछ भनिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ