arrow

स्थानीय निकायमा महिला सहभागिता अनिवार्य गराउन सभामुखलाई पत्र

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ माघ १५ शनिबार
onsari.jpeg

विराटनगर । स्थानीय निकायको निर्वाचनमा ४० प्रतिशत महिला सहभागिता अनिवार्य गर्न माग गर्दै अन्तरपार्टी महिला सञ्जाल मोरङले सभामुख ओनसरी घर्तीमगरलाई ज्ञापनपत्र बुझाएको छ । विराटनगरमा महिला सन्जालकी उपाध्यक्ष्ाँ विमाला दाहालले निर्वाचन कानुनमै सो कुराको व्यवस्था गर्न माग गर्दै ज्ञापन पत्र बुझाइन् ।

सवै क्षेत्रमा महिलाको समान सहभागिता शुनिश्चित गर्न भन्दै सभामुख घर्तीमगरलाई उनले अनुरोध गरिन् । ज्ञापनपत्र बुुझ्दै सभामुख घर्तीले आफु सबै क्षेत्रमा महिला सहभागिताका लागि पहल गर्ने आश्वासन दिइन् । ज्ञापनपत्र बुझाउने क्रममा नेपाली कांग्रेस, एमाले,  माओवादी केन्द्र निकट महिला सहभागि थिए ।

केही दिन अघि मात्रै संसदको राज्य व्यवस्थाको उपसमितिले स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेद्वार मध्ये एउटा महिला अनिवार्य गरिनुपर्ने मस्यौदा तयार गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ