arrow

मुस्लिम राष्ट्रलाई भारी पर्दै ट्रम्प, ६ देशका नागरिकलाई भिसा दिन प्रतिबन्ध

हिन्दुवादीप्रति नरम : ‘हाम्रो देशलाई माया र सहयोग गर्नेलाई सरासर आउन दिन्छौं’

logo
प्रकाशित २०७३ माघ १५ शनिबार
tramp-aa.jpeg

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ मुस्लिम देशका नागरिकलाई भिसा दिनै प्रतिबन्ध लगाइदिएका छन् । ट्रम्पले इरान, इराक, यमन, लिविया, सोमालिया र सुडानसहित ६ मुस्लिम राष्ट्रका नागरिकलाई भिसा नदिन भन्दै तीन महिनाको प्रतिबन्ध लगाएका हुन् ।

सिरियाई आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाउने आदेश दिएको केही समयमै ट्रम्पले मुस्लिम राष्ट्रका नागरिकलाई भिसा नदिने निर्णय गरेका हुन् । ट्रम्पले मुस्लिमहरुमाथि कडाई गर्दै मेक्सिकोसँगको सीमा क्षेत्रमा २ सय माइल लामो पर्खाल लगाउने भन्दै खर्च जुटाउन थालिसकेका बताइँदै छ ।

ट्रम्पले कट्टरपन्थी इस्लामी आतंकवादीलाई अमेरिका प्रवेश गर्न नदिन भन्दै एक साथ थुप्रै कदम चालेको अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन् । ट्रम्पले व्यापक कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् । जसले आउँदो चार महिना सम्म सबै शरणार्थी प्रवेशमा पूर्ण रोक लाग्ने बताइँदैछ । यसअघि मात्रै ट्रम्पले अमेरिका आउने आप्रवासीलाई कडा चेक जाँच गर्न समेत आदेश दिइसकेका छन् ।

अमेरिकी रक्षा विभाग पेन्टागनमा जनरल जेम्स मेटिसलाई रक्षामन्त्री बनाएलगत्तै राष्ट्रपति ट्रम्पले आप्रवासीविरुद्ध एक पछि अर्को निर्णय सुनाएका हुन् । हिन्दुवादीप्रति नरम ट्रम्पले भनेका छन् , ‘म कट्टर इस्लामी आतंकवादीलाई अमेरिकाबाट टाढा राख्नका लागि कडा जाँचको उपाय लगाइरहेको छुँ । हामी त्यस्ता व्यक्तिलाई हाम्रो मुलुक आउन दिन्छौं जसले हाम्रो देशलाई सहयोग र माया गर्दछन् ।’ मुसलमान बहुल रहेका देशका नागरिकलाई तीन महिना अमेरिका प्रवेश गर्न राेक लाग्नेछ ।

गएको वर्ष मात्रै ओबामा प्रशासनले १० हजार सिरियाली शरणार्थीलाई अमेरिका प्रवेश गराएको थियो । अमेरिकाको छिमेकी क्यानाडाले ३५ हजार सिरियालीलाई शरण दिएको छ । यस्तै, सामाजिक अभियन्ता र  मानवअधिकारवादी समूहले भने ट्रम्पको कदमको कडा आलोचना गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ