arrow

छैटौ वालिङ महोत्सव ‘पहिचानको’ महोत्सव

महोत्सव एतिहासिक हुने : आयोजक

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ माघ १५ शनिबार
waling-mahotsabs.jpeg
 स्याङ्जा ।  स्याङ्जाको मध्यभागमा संचालन भएको छैटौ वालिङ महोत्सव पहिचानको महोत्सव हुने आयोजकले बताएको छ । ११ दिन सम्म चल्ने महोत्सव एतिहासिक हुने आयोजकले दावी गरेको छ । प्राविधिक कारणले केही समस्या देखा परेपनि छैटौ महोत्सवलाई एतिहासिक बनाउने आयोजकको भनाई रहेको छ । 
 
हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मुल नाराका साथ संचालन भएको छैटौ महोत्सवले औद्योगिक, पर्यटन, साँस्कृतिक, कृषि र व्यापारलाई प्रथामिकाताका आधारमा टेवा पुग्ने आयोजकले जनाएको छ । स्याङ्जाको पर्यटकीय क्षेत्र र कृषिलाई बढी भन्दा बढी प्रचार प्रसार गर्न यो महोत्सवको आयोजना गरिएको छैटौ वालिङ महोत्सव सचिवालय उपसमितिका संयोजक गिरमान गुरुङ्ले बताए । 
 
जिल्ला भित्र लुकेका कृषि उत्पादन र पर्यटकीय क्षेत्रलाई मुलुक तथा बाहिर पुर्‍याउन यो महोत्सवले सहयोग पुर्‍याउनेमा आयोजक बिश्वास रहेको छ । सबै व्यावसायीलाई एक ठाँउमा बनाउन पनि यो महोत्सव एतिहासिक हुने आयोजकको भनाई छ । महोत्सवबाट हुने आम्दानीलाई पूर्णरुपले पारर्दशी ढंगले काम गर्ने महोत्सवका आर्थिक संयोजक सुदन श्रेष्ठले बताए ।
 
महोत्सवबाट बचेको रकम व्यावसायी हकहितका लागि प्रयोग हुने कोषाध्यक्ष श्रेष्ठको भनाई रहेको छ । महोत्सवलाई पुर्णरुपले सम्पन्न गर्न यस क्षेत्रका व्यापारीहरु पनि अत्यन्तै खटेर लागेका छगेका छन् । वालिङ बजार मात्रै नभएर समग्र स्याङ्जालाई बेहुली झै सिंगारिएको छ । विभिन्न ध्वजापतका र व्यानरले सजिसजाउ भएको वालिङ आफैमा पहिचान बोकेको छ । यसको शानलाई अजम्वरी राख्न पनि यो महोत्न्सवले टेवा पुग्ने व्यानर तथा बजार सजिसजाउ उपसमितिका संयोजक महोन गुरुङ्ले बताए ।
 
महोत्सवमा वालक देखि बृद्ध सम्मका लागि टेवा पुग्ने उदेश्यका साथ आयोजना गरिएको छ । महोत्सव अवलोकन गर्न आउने दर्शकका लागि आँधीखोलामा जल विहार, जिल्ला स्तरीय भलिवल प्रतियोगिता, स्याङ्जा डान्स आईडल, कृषि प्रदर्शनी, विविध साँस्कृतिक कार्यक्रमका साथै हेलिकप्टरबाट स्याङ्जाको धार्मिक पर्यटकीय मेलाको अवलोकन गर्न पाईने व्यवस्था मिलाएकाले पनि यो महोत्सव एतिहासिक हुने आयोजकले जनाएको छ । छैटौ महोत्सवले स्याङ्जाको आर्थिक सामाजिक विकासमा कत्तिको प्रभाव पार्ने छ भन्ने विषय भने हेर्न बाँकी छ । महोत्सव माघ २३ गते सम्म संचालन हुने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ