arrow

झापा गोल्डकप : झापा एघार विजयी

logo
प्रकाशित २०७३ माघ १५ शनिबार
FOOT-Ball-news.jpeg

बिर्तामोड । शनिबार देखि सुरु भएको झापा गोल्डकपको उद्घाटन खेलमा आयोजक झापा ११ विजयी भएको छ । झापाले भारतको शेर फुटवल क्लबलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । झापा ११ का लागि सञ्जोग राईले खेल सुरु भएको चौथो मिनेटमै गोल गरे । यस्तै खेलको ३७औँ मिनेटमा बुद्ध चेम्जोङले दोस्रो गोल गरे । लगत्तै पुजन उपरकोटीले तेस्रो गोल गरे ।

कप्तान कर्ण लिम्बूले चौथो तथा पिटर सेगुनले पाँचौँ गोल गरे । खेलको म्यान अफ द म्याच सञ्जोग राई घोषित भए । उनले म्याक्स हाउजिङ प्रालिका तर्फबाट सात हजार पुरस्कार प्राप्त गरे ।

नकआउट चरणमा खेलाइने उक्त प्रतियोगितामा आयोजक रमपम झापा ११, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, न्युरोड टिम, हिमालयन शेर्पा क्लब, रुपन्देही ११ फुटबल क्लब, सुदूरपश्चिम फुटवल क्लब र भारतको शेर फुटबल क्लब सहभागि छन् ।

आइतबार एनआरटी क्लब काठमाडौँ र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले सात लाख र उपविजेताले तीन लाख ५० हजारसहित ट्रफी पाउनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ