arrow

सरकार निर्वाचनबाट भाग्न खोजेको छ: नेम्बाङ

निर्वाचनका चार विधेयकको मस्यौदा नै भएको छैन

logo
प्रकाशित २०७३ माघ १५ शनिबार
subash-nembang-news-aaa.jpeg

विराटनगर । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले निर्वाचन गर्न नचाहेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नेता नेम्बाङले सोही कारण निर्वाचनसम्बन्धि विधेयक संसदमा पेस गर्न सरकारले आलटाल गरिरहेको आरोप लगाए ।

सरकारले निर्वाचनको सम्बन्धमा सार्वजनिक प्रतिवद्धता जनाएको भएपनि नेम्बाङले निर्वाचनसम्बन्धि दुईवटा विधेयक ल्याएको भनेर जनतालाई भ्रमित गर्न खोजेको धारणा प्रकट गरे । नेता नेम्बाङले सरकारले निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको हल्ला गरेपनि अझै महत्वपूर्ण चारवटा विधेयक मस्यौदा समेत नभएको जिकिर गरे ।

पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्नेमा सो नगर्ने काम संविधानविपरीत भएको भन्दै सरकारले जिम्मेवारी वहन नगरी निर्वाचनबाट भाग्न खोजेको आरोप लगाए । नेम्बाङले २०७४ माघभित्र तीनवटै तहको निर्वाचन हुनुपर्ने उल्लेख गर्दै निर्वाचनको वातावरण विगार्न संविधान संशोधनको विधेयक सरकारले ल्याएको धारणा राखे । असन्तुष्ट पक्षसँग सम्वाद गर्ने पक्ष राम्रो भएपनि कसैको चित्त नबुझेको बहानामा निर्वाचनलाई रोक्नु नहुने नेम्बाङले उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ