arrow

निर्वाचन भएन भने जनता र इतिहासले प्रचण्डलाई नै सराप्ने : ओली

‘आवश्यकता महशुस भए थप प्रदेश बन्न सक्छ’

logo
प्रकाशित २०७३ माघ १५ शनिबार
oli-voice-lokman-new.jpeg

विराटनगर । एमाले अध्यक्ष केपी ओलीले जसरी पनि निर्वाचन गर्नु पर्नेमा जोड दिँदै हर कुनै जुक्तिले सरकार चलाइराख्ने तथा आयु लम्बाई रहने काम मात्रै भए देश र सरकारकै लागि दुर्भाग्य हुने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार साँझ पत्रकारहरुलाई अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन गराउनका लागि सरकारलाई सहयोग गर्ने सुनाए ।

निर्वाचन भएन भने मुलुक अप्ठेरो स्थितिमा फस्ने उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो अवस्थामा जनता र इतिहासले अहिलेकाे सरकारलाई सराप्ने धारणा राखे । संविधानमा समान अधिकार र समान अवसरको व्यवस्था रहेको स्पष्ट पार्दै नेता ओलीले संविधान संशोधन किन र केका लागि ? भनेर प्रतिप्रश्न गरे ।

जनताको मतबाटै संविधान निर्माण भएको स्पष्ट पार्दै ओलीले जनतालाई साँचो कुरा बताउनुको सट्टा साम्प्रदायिक विद्वेष फैलाउने, परस्पर घृणा उत्पन्न गराउनेजस्ता कार्यलाई अविलम्ब रोक्नुपर्नेमा जोड दिए ।

ओलीले भने, ‘संविधानलाई कार्यान्वयन गर्दै जाऔँ, जनताले आवश्यकता महशुस गरेको अवस्थामा थप प्रदेश बन्नसक्छ । अहिले कुनै पनि प्रदेशको सीमाङ्कन हेरफेर हुन सक्दैन ।’ शनिबारै चितवनमा नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय परिषद् र विधान अधिवेशनको उद्घाटन गर्दैै ओलीले भने, ‘सरकार तमासा देखाई राख्ने अनि निर्वाचन टार्ने काम हुन लाग्यो भने एमाले चुप लागेर बस्दैन् ।’

निर्वाचन नगराएर सरकार चलाइराख्छु भन्ने सोच राख्ने काम भयो भने यो सरकारले आफ्ना निम्ति दूरगामीको बाटो समात्यो भन्ने बुझ्नु पर्छ, ओलीले ठोकुवा गर्दै भने, ‘त्यस्तो अवस्थामा सरकार त हट्छ नै । पूर्ण असफल पनि घोषित हुन्छ ।’

२०७४ माघ ७ भित्र तीनवटै निर्वाचन गराउने तालिका बनाइएको थियो । यो अवधिमा निर्वाचन भइसक्नु पथ्र्यो । समयमा प्रतिनिधिसभाको निर्वाचन भएन भने वा प्रतिनिधिहरु निर्वाचित भएन भने रुपान्तारिक व्यवस्थापिक संसदको समय सकिन्छ, ओलीले भने, ‘संसद सदस्य नरहेको अवस्थामा प्रधानमन्त्रीको पद रिक्त हुन्छ ।’

ओलीले देशमा गम्भीर संकट आउने र निर्वाचन समयभित्रै हुन पर्छ भन्नेमै एमालेको सम्पूर्ण ध्यान रहेको समेत सुनाए । अध्यक्ष ओलीले एमाले सरकारको विकल्प खोज्नतर्फ नलागेको भन्दै चुनाव गरेर संवैधानिनक संकटबाट देशलाई जोगाउने पक्षमा रहेको पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ