arrow

काठमाडौंको हावामा धुलोका निकै साना कण, बजारु मास्क बेकार

logo
प्रकाशित २०७३ माघ १६ आइतबार
pollution-nepal.jpeg
काठमाडौं । तपाईंहामीमध्ये अधिकांशले सहरको धुलो, धुवाँ र चिसोबाट बच्न नाकमुख ढाक्नेगरी मास्क लगाउँछौं । विडम्वना ! हामीले प्रयोग गरिरहेको मास्कले धुलोधुवाँ छेक्न भने सक्दैन ।
 
मास्क प्रयोग गर्दा पनि आँखाले ठम्याउन नसकिने मसिना हानिकारक कण फोक्सोमा प्रवेश गर्ने अनुसन्धानले देखाएको छ । काठमाडौंको वायुमा २ दसमलव ५ माइक्रोमिटर (पिएम २.५) भन्दा पनि सुक्ष्म धुलोका कण भेटिएको छ ।
 
ती कण छेक्न बजारमा पाइने कपडा र सर्जिकल मास्कले नसक्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अनुसन्धानले देखाएको छ ।
 
नेपाल हेल्थ रिसर्च काउन्सिलले सन् २०१५ मा गरेको एक अध्ययनले हानिकारक कण छेक्न नसक्ने मास्क प्रयोगले नौ जनाको ज्यान गएको देखाएको थियो ।
 
परिषदका सदस्य सचिव डा खेमबहादुर कार्कीका अनुसार अहिले काठमाडौंमा प्रदुषण बढाउने कारक तत्व इँटा भट्टा र थोत्रा सवारी साधन हुन् । 
 
त्यसमाथि मेलम्ची खानेपानी आयोजनाले पाइप लाइन बिछ्याउन सडक खन्दा प्रदुषण झनै डरलाग्दो बनेको छ । 
 
विस्तार गर्न भत्काइएका सडक अलपत्र छाड्दा पनि धुलोको प्रदुषण बढेको हो । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ