arrow

चेल्सी, म्यानचेष्टर सिटी र आर्सनल एफए कप फुटबलको पाँचौं चरणमा

लिभरपुल चिप्लियो

logo
प्रकाशित २०७३ माघ १६ आइतबार
chelsea.jpeg
स्टामफोर्ड ब्रिज । इङलिश प्रिमियर लिग क्लवहरु चेल्सी, म्यानचेष्टर सिटी, आर्सनल र टोटनह्याम हट्सपर इङलिश एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेका छन् । लिग लिडर चेल्सीले ब्रेन्टफोर्डमाथि ४–० को फराकिलो जित निकाल्यो ।
 
चेल्सीलाई जिताउने क्रममा विलियन, पेड्रो रोड्रिग्वेज, ब्रानिस्लाभ इभानोभिच र मिचिले एक एक गोल गरे ।
 
त्यस्तै म्यानचेष्टर सिटीले क्रिष्टल प्यालेसलाई ३–० ले हरायो । म्यानचेष्टर सिटीलाई जिताउने क्रममा रहिम स्टर्लिङ, लेरोए सान र याया टुरेले एक एक गोल गरे । 
 
त्यसैगरी आर्सनलले प्रिमियर क्लव साउथह्याम्पटनमाथि ५–० को शानदार जित हासिल गरेको छ ।
 
आर्सनलमाथि फराकिलो जित दिलाउने क्रममा थिओ वाल्कोटले ह्याट्रिक गरे भने डयानी वेल्बेकले दुई गोल थपे । 
 
टोटनह्यामले वाइकम्बे वान्डरर्सलाई ४–३ ले, बर्नलेले ब्रिस्टोल सिटीलाई २–० ले, ब्ल्याकबर्न रोभर्सले ब्ल्याकपुललाई २–० ले, मिडिल्सब्रोले एक्रिंगटनलाई १–० ले तथा अक्सफोर्डले न्यूकासललाई ३–० ले हरायो । 
 
प्रिमियर अधिकांश क्लवहरु पाँचौं चरणमा पुग्दा लिभरपुल भने चौथो चरणबाटै बाहिरिएको छ । लिभरपुललाई वुल्भरह्याम्पन वान्डरर्सले २–१ ले हरायो ।  
 
The Spaniard slots home Chelsea's second goal as they made a commanding start at Stamford Bridge
Cesc Fabregas was the first to reach Willian to celebrate after the Brazilian opened the scoring for Chelsea
The Brazilian whipped in a superb free-kick to give the Premier League side the lead after 14 minutes 
Batshuayi powers home his penalty to seal Chelsea's comfortable victory over Brentford 
Michy Batshuayi jumps for joy after converting a penalty for Chelsea's fourth goal in the closing minutes
Brentford couldn't prevent Ivanovic from rifling home Chelsea's third goal on a comfortable afternoon for the Blues
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ