arrow

फेसबुकका संस्थापकले गजबसँग मनाए हिन्दूहरुको सनातन पर्व, तस्वीर भयो भाईरल

चन्द्रमास भनेको हिन्दूहरुले बैदिक कालदेखि नै चलाउँदै आएको संवत हो

logo
प्रकाशित २०७३ माघ १६ आइतबार
Mark-zuckerbergg.jpeg

काठमाडौं। सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरवर्ग एक किसिमको सेलिब्रेटी बनेर पछिल्लो समय सामाजिक सञ्जालमा देखिन थालेका छन्। कहिले के त कहिले के गरेर विश्वभरका मानिसलाई चकित पार्ने उनले पछिल्लो समय जुकरवर्र्गले आफैंले मःम बनाएको फोटो अहिले फेसबुकमा नै भाईरल भएको छ । 

उनले शनिबार राखेको तस्वीरलाई चन्द्रमासको नयाँ वर्ष मनाएको बताएका छन् । उनले चन्द्रमासको नयाँवर्षको शुभकामना दिएर लेखेको पोष्टलाई धेरै नेपालीहरुले समेत सेयर गरेका छन् । उनको उक्त पोष्ट २१ हजार ६ सय ८८ जनाले सेयर गरेका छन् । भने कूल ९ लाख ७९ हजार जनाले लाईक गरेका छन् । जुकरवर्गले चन्द्रमासको नयाँ वर्षको दिन आफ्नी श्रीमती प्रिसिल्लियासँग मम बनाउँदै गरेको बताएका छन् । नयाँ वर्षको उपलक्ष्यमा उनले सबैलाई शुभकामना समेत दिएका छन् ।  
 
के हो चन्द्रमास ? 
चन्द्रमास भनेको हिन्दूहरुले बैदिक कालदेखि नै चलाउँदै आएको संवत हो । तर अहिलेको विक्रम संवत् सुरु गर्ने भारतका राजा विक्रमादित्यले हस्तक्षेप गरी सूर्य मास अनुसार बैशाख महिनामा नयाँ वर्ष मनाउने गरेको ज्योतिष पंण्डित डा. प्रकाश ढकालले जानकारी दिए । यही अर्थात् शनिबार नै चिनियाँहरुले पनि नयाँवर्ष मनाएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ