arrow

निर्वाचनका बिषयमा प्रधानमन्त्रीलाई भेटे प्रमुख आयुक्तले

logo
प्रकाशित २०७३ माघ १६ आइतबार
prachanda-tension.jpg.jpeg
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवलाई स्थानीय तहको निर्वाचनको तयारीमा रहन भनेका छन् । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा प्रधानमन्त्री दाहालले राजनीतिक सहमतिका आधारमा आगामी जेठको पहिलो साताभित्रै निर्वाचन गर्ने गरी मिति घोषणाको तयारीमा सरकार रहेको जानकारी प्रमुख आयुक्त यादवलाई गराएका थिए । 
 
प्रधानमन्त्री र आफूबीच स्थानीय तहको निर्वाचन बारेमै केन्द्रित रहेर छलफल भएको बताउँदै प्रमुख आयुक्त यादवले भने –“निर्वाचन कानुन, मिति घोषणा हुँदा र नहुँदाको जटिलता, निर्वाचनका लागि गर्नुपर्ने प्राथमिकताका कामकारबाहीबारे पनि हामीबीच विस्तृत र गहन कुराकानी भयो ।” 
 
सो अवसरमा प्रधानमन्त्री दाहाललाई प्रमुख आयुक्त यादवले आयोगले आगामी फागुन ७ गतेलाई निर्वाचन दिवसका रुपमा मनाउन लागेका बारेमा पनि जानकारी गराएका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ