arrow

बैशाखमा निर्वाचन हुने : गोपालमान श्रेष्ठ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ माघ १६ आइतबार
gopalmansingh.jpeg
स्याङ्जा ।  नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले बैशाख महिनामा स्थानीयतहको निर्वाचन हुने बताएका छन् । भीरकोट नगरपालिका ८ स्थित श्री शहिद शुक्र उच्च माविको ६१ औ बार्षिकोत्सव तथा चार कोठे भवनको उदघाटन गर्दै नेता श्रेष्ठले बैशाखमा स्थानीयतहको निर्वाचन हुने बताएका हुन् । संविधान शंशोधन आवश्यकता सगै मुलुकमा निर्वाचन गर्नुपर्ने बताउदै नेता श्रेष्ठले लामो समय निर्वाचन नहुदा भष्ट्रचार देखि विकासका काम ओझेलमा परेको बताए । मुलुकको विकासका लागि पनि चुनाव आवश्यक छ नेता श्रेष्ठले भने,“चुनावका लागि सबैदलहरु एक जुटहुनु आवश्यक छ ।” यथास्थीतामा भएपनि चुनाव गर्नुपर्ने श्रेष्ठको भनाई रहेको छ । 
 
दलहरु विच एकता नहुदा मुलुक अझै संक्रमणकाल लम्विएको बताउदै पुर्व मन्त्री समेत रहेका श्रेष्ठले नेपाली जनताले निमाण गरेको संविधान अन्योलमा रहनु दुखद भएको बताए । नयाँ संविधान कार्यन्वयन भएमा शैक्षिक, सामाजिक र आर्थिक रुपले मुलुक सवल हुने श्रेष्ठले बताए । आज शहिद दिवस पनि भएको स्मरण गर्दै नेता श्रेष्ठले मुलुकको परिवर्तनका लागि ज्यानको आहुती प्रदान गर्ने शहिदको सम्मान गर्नुपर्ने बताए । अव कोही पनि नेपाली नागरिक शहिद हुन नपरोस भन्ने कामना सहित दलहरु अगाडी बढ्न पनि आग्रह गरे । स्याङ्जाको विकासका लागि सदैव आफु तयार रहेको श्रेष्ठको भनाई छ । 
 
कुल ३६ लाख ८६ हजार ८४ स्पैयामा निर्माण भएको चारकोठे भवनका लागि जिल्ला शिक्षा कार्याल स्याङ्जा, शिक्षा मन्त्रालय र आन्तरिक विद्यालयको खर्चबाट निर्माण भएको थियो । कार्यक्रममा विद्यालयका श्रोत व्याक्ति देवबहादुर राना, महासमिति सदस्य छायाराम खनाल, काँग्रेस जिल्ला सदस्य मेघबहादुर खड्का, महाधिवेसन प्रतिनिधि गोविन्द कर्मचार्य, भीरकोट नगर सभापति तोयनाथ अर्याल लगायतका बक्ताहरुले मुलुकलाई दुर्घनाबाट बचाउन छिटो निर्वाचन गर्न आग्रह गरेका थिए । मधेशवादी दलहरुलाई चित्त बुझाएर छिटो भन्दा छिटो निर्वाचनमा लाग्न मुलुकका ठुलादलहरुलाई बक्ताहरुले आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ