arrow

सकियो एमालेको चार महिने जन परिचालन अभियान

logo
प्रेम रौले,
प्रकाशित २०७३ माघ १६ आइतबार
uml-party-office-in-dhumbar.jpg.jpeg
 बाजुरा ।  नेकपा एमाले बाजुराको चार महिने अभियान आज सकिएको छ । नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष काली बहादुर शाहीले एक कार्यक्रमकावीच जनपरिचालन अभियान सकिएको घोषणा गरेका छन्  ।नेकपा एमालेको जिल्ला स्तरिय बृहत आम भेलाको सम्वोधन गर्दै चार महनिे जनपरिचालन अभियान सकिएको घोषणा गरेको एमाले प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिए ।  
 
नेकपा एमाले उपाध्यक्ष भीम रावलले गत मंसिर २२ गतेबाट सुरुवात गरेको अभियानलाइ आइतबार दरमुकमा मार्तडीमा बृहत आम सभाबाट समापन गरिएको एमालेले जनाएको छ । अभियानका क्रममा एमालेले गाउँ कमिटी,इलाका कमिटि र नगरपालिकाका प्रत्येक वडाहरुमा जनपरिचालन अभियान संचालन गरेको एमाले नेता गगन रावलले बताए । उनले चार महिने अभियानका लागि विभिन्न जिल्ला कमिटि सदस्यहरुलाइ संयोजक तोकि कार्य विभाज गरिएको रावलले बताए । 
 
चार महिने जनपरिचालनमा संगठन सुदृढीकरण,स्थानिय चुनावको प्रचार प्रसार गरिएको एमालेले जनाएको छ । आज समापन भएको चार महिने जन परिचालन अभियानमा नेकपा एमाले केन्द्रीय सदस्य लाल बहादुर थापा,एमाले बैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाहले सम्बोधन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ