arrow

शिक्षकको अधिकार प्रदेशमा प्रत्यायोजन हुन्छ : नेता सिटौला

logo
प्रकाशित २०७३ माघ १६ आइतबार
Sitaula.jpg.jpeg
बनियानी (झापा) । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले शिक्षकका हक–अधिकारलाई प्रदेशमा प्रत्यायोजन गर्न सरकार गृहकार्यमा लागेको बताएका छन् । 
 
नेपाल शिक्षक सङ्घ झापा क्षेत्र नं २ र ३ ले चन्द्रगढीमा अाइतबार आयोजना गरेको ‘नेपालको संविधान, सङ्घीय संरचनामा शिक्षा र शिक्षकको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले शिक्षा क्षेत्र र शिक्षकका समस्या पहिचान गरी सहयोग गर्न शिक्षकहरुलाई आग्रह गरे। 
 
कार्यक्रममा शिक्षक सङ्घका जिल्ला सदस्य मञ्जु दाहालले ‘नेपालको संविधान, सङ्घीय संरचनामा शिक्षा र शिक्षकको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत तथा अर्का सदस्य कैलाश राईले कार्यपत्र माथि टिप्पणी गरेका थिए । 
 
नेपाल शिक्षक सङ्घ क्षेत्र नं २ का क्षेत्रीय सभापति गणेश गिरीको अध्यक्षता सम्पन्न कार्यक्रममा सांसद सुधीरकुमार शिवाकोटी, झापा शिक्षक युनियन सङ्घका अध्यक्ष तेजप्रसाद चौम्लागाईं, तिलकसिंह पाण्डे, नेपाल शिक्षका सङ्घका जिल्ला अध्यक्ष नेत्र खरेललगायतले राज्यले शिक्षकका समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ