arrow

राष्ट्रपति, जनकपुर भ्रमण र विधवा, गरिब मानसिकताको पराकाष्ठा : [टिप्पणी]

logo
चन्द्र धामी,
प्रकाशित २०७२ पुष ७ मंगलबार
janki-Mandir.JPG.jpeg
काठमाडौं । धर्मः अकाट्य । संस्कारः स्वभावना । परम्पराः परिवेश । धर्ममा विभेद छैन । गर्न हुँदैन । संस्कार आफ्नो शक्ति र विवेक हो । परम्परा परिवेश अनुसार बदल्न सकिन्छ । तर, सुहाँउदो । रामजानकी विवाह महोत्सवमा राष्ट्र प्रमुख सहभागी हुने परम्मपरा पहिले देखिनै चल्दै आएको छ । परम्परागत रुपमा विभिन्न काल खण्डमा राष्ट्र प्रमुख विवाह उत्सवमा सरिक हुँदै आए । राष्ट्र प्रमुखको भ्रमणलाई अछुत मान्ने घटना यसअघि घटेनन् । राष्ट्र प्रमुख भएपछि कस्लाई अशुद्ध मान्ने वा शुद्ध मान्ने भन्ने प्रश्नै रहेन । विश्वमा यो छैन पनि । तर, वर्तमान राष्ट्रप्रमुख नेपालको राजनीतिक इतिहासमा मात्र नभई दक्षिण एसियाकै राजनीतिक इतिहासमा उदाहरण हुन् । नेपालको त झन् पहिलो महिला राष्ट्रपति ।
 
जनताको बहुदलीय जनवादको वकालत गर्ने कम्युनिष्ट पार्टीबाट उम्मेद्वारी दिएर लोकतान्त्रिक पद्दतिबाट राष्ट्रपति निर्वाचित भएकी विद्यादेवी भण्डारीबारे अहिले अनेकन् चर्चा भइरहेका छन् । भण्डारीको जनकपुर भ्रमण अनुकुल थियो वा प्रतिकुल त्यो बहसको विषय होइन । राष्ट्रप्रमुखको जिम्मेवारी बहन र चलिआएको रितलाई नतोड्ने भण्डारीको कदमलाई कसैले अनर्थ भन्न मिल्दैन । राजनीतिक दाउपेचमा धर्म र संस्कारलाई जोड्ने हाम्रो गरिब मानसिकताको पराकाष्ठा राष्ट्रपतिप्रतिको दुरव्र्यवहार हो । मूलः विषय जसले राष्ट्रपतिको मन्दिर प्रवेशलाई राजनीतिक कुविचारले असोभनिय बनाए उनै व्यक्तिले अशुद्ध पोखरीमा नुहाए । तीनलाई फलिफाप र राष्ट्रपतिलाई सराप लागेको भने देखिएन । विधवाको मन्दिर प्रवेश छुद भन्ने धर्म भक्तहरुले पानी खन्याएर शुद्ध पारे । तर, सोही पानी बगेर गएको पोखरीमा आफै नुहाए र फेरि पनि नुहाउने छन् , नुहाइरहेका छन् । हामी कुन धर्म र शुद्धताको कुरा गर्दै छौं । संविधान जारी गर्नु पहिले दलहरुबीच भएको १६ बुँदे सहमतिमा हस्ताक्षर गरेको र संविधानमा हस्ताक्षर गरेकै कारण राष्ट्रपति अशुद्ध भएको वा सरकारमा रहेको दलबाटै राष्ट्रपति बनेको भन्ने दृष्टीले अशुद्ध भनिएको हो । अर्को कुरा विगतमा भएका राजनीतिक सम्झौतामा टाउको हल्लाएका दल तथा कार्यकर्ताहरुले राजनीतिक स्वार्थका निम्ति यति निच हर्कत गर्ने कसैले कल्पना गर्न सक्दैनन् ।
 
हाम्रो संस्कार,  राष्ट्रियता र राष्ट्रप्रेमको वास्तविक परिक्षा जनकपुर घटनाले गरेको छ । राष्ट्रपति दुव्र्यवहारमा पर्दा मात्रै चर्चा परिचर्चा भए । दुःख, भत्र्सना, खेद आदी इत्यादी जे भने पनि । यद्यपि, गरिब मानसिकताकै कारण कयौ नारीहरु सदियौं देखि विभेद सहेर बसिरहेका छन् । राष्ट्रप्रमुखको घटनाले पत्रपत्रिका, रेडियो, टेलभिजन मात्र होइन चोक गल्ली –गल्लीमा तरंग प्रवाह गरेको छ । अझ सामाजिक संजालमा अनेकन् चर्चा भएका छन् । जसले राष्ट्रप्रमुखलाई विभेद अन्यको युद्ध लड्न शंखनाद गरिरहेको छ । राष्ट्रपतिले विधवा विभेदको युद्ध लड्नु पर्ने यो कस्तो मानसिकता ? हुदाँ–हुँदा चुल्हो बाल्ने र भातसम्म पकाई दिने काम अर्कैले गरिदिन थाले । अब, मुखमा गाँस हालिदिनेको पर्खाइमा छौं हामी । कुनै विषय त्यस्ता छन् । जो स्वभावैले सजिलै हट्दैनन् । मनोक्रान्ति र आन्तरिक शुद्धिकरणले मात्रै क्रमशः हट्दै जान सक्छन् । जसका लागि युद्ध नै छेड्नु पर्ने आवश्यकता छैन । 
 
सवाल धर्म, राष्ट्र र राष्ट्रियताको हो । धर्म संस्कारलाई दाउमा राखेर एक अर्काप्रति रोष पोख्नु बुद्धिमानी होइन । राष्ट्रपतिको जनकपुर भ्रमणको दुरव्र्यवहार समेत प्रतिशोध सिवाय अरु हुन सक्दैन । राजनीतिक विषयले धर्म संस्कारलाई वद्नाम गर्ने कुचेष्टा भएकै हो । विश्व जगत धर्मकै लडाईमा छ । अझ विश्व समुदायले मानव जगत टिकाउन हिन्दुत्व आवश्यक ठानेको छ । धर्मनिरपेक्ष वा सापेक्षको नाउमा राजनीतिक लडाई लडिरहनु आवश्यक छैन । तर, धर्मका नाउमा हुने विकृति नियन्त्रणका लागि ठोस काननु कार्यान्वयन हुनै पर्दछ । मधेसको स्वायत्तता र पहिचानको क्रान्ति गर्नेहरुले पहाड र हिमालप्रति प्रतिशोध पाल्नु पर्ने र पहाड–हिमालले तराईलाई छुट्टै ठान्नुपर्ने कुनै आवश्यकता छैन । स्वायत्तताको नाममा उश्रृंखल गर्नु बहादुरी होइन । मधेसमा आन्दोलनरत दलका नेताहरुले राष्ट्रपतिप्रतिको दुरव्र्यवहारमा दुःख जनाए । घटनाको खण्डन गर्ने तथा कुकुर र जुत्ता लगाएकैले विवाद भएको भन्ने अभिव्यक्ति दिने कार्य भए । कसैले घटनामा आफुहरुको संलग्नता छैन भने । अन्योल छरिदिए । राष्ट्रपतिप्रति दुव्र्यवहार गर्नेलाई कारबाही हुनुपर्ने आवाज चर्को रुपमा उठेको छ । मानवअधिकारको वकालत गर्ने विभिन्न निकायले समेत घटना उदण्ड भनिसकेका छन् । घटनाले सबैलाई व्यस्त बनाएको छ । 
 
विधवाबारे किन सवाल जवाफ ? 
अहिले अधिकारवादीहरुले ठाउँ–ठाउँमा प्रदर्शन गरेका छन् । कसैले दोषीलाई कारबाही नभए आन्दोलन छेड्ने चेतावनी दिएका छन् । यस्तै, सामाजिक संजालमा सवाल जवाफ सुरु भएको छ । विधवा विभेदकै विषयलाई लिएर सेतो पहिरनको टिप्पणी भएको छ । सामाजिक क्षेत्रमै काम गर्नेहरुले सेतो लगाएकैले विभेद भएका कयौ विचारहरु ओकेलेका छन् । सेतो लगाउनु पर्ने कुसस्कारविरुद्ध विद्रोह गर्नु पर्ने आवश्यकता औंल्याइएका छन् । सेतो लगाउनु कुप्रथा नै हो भन्ने भनाइहरु आए । जसले समाजमा अझै पुरुष प्रधानता छ र पुरुषकै कारण महिला विभेदनमा पर्दछन् भन्ने सन्दर्भ उठेको छ । जसबारे थुप्रै तर्क वितर्क भएका छन् । यो सामाजिक चेतनाका लागि पाठशाला बन्यो । तर, पाठशालाबाट हामीले के लिन के छोड्ने भन्ने निर्णय विवेक र नियतमै भर पर्दछ । सामाजिक संजालमा कतिपयले हिजोको संस्कार जन्जिर थियो भनेका छन् । कतिपयले हिजोको शती प्रथाको प्रसंग कोट्याएका छन् । हामी कलिमा छौं । विभेद गर्दछौं फेरि सत्य युगका प्रसंग जोड्दछौं । आ–आफ्नो स्थानबाट गर्नु पर्ने काममा हामी बारम्बार चुकिरहेका पनि छौं । आफ्नै सुरमा हामीले कयौं गल्ती दोहर्‍याइरहेका छौं । 
 
सेतो पहिरन र विभेद !
धर्म शास्त्रले कुनै बस्त्रलाई छुद मानेको छैन । सफा बस्त्र जुनसुकै पनि शुद्ध मानेको छ । तर, धर्मका कर्मकाण्ड अनुसार फरक–फरक बस्त्र आवश्यक छन् । जसमा कुनै प्रथा कुप्रथाको प्रसंग जोडिदैन । शक्ति अनुसारको भक्ती गर्न धर्मशास्त्रले निर्देश गरेको छ । प्रतिस्प्रर्धा र देखासिखिले समस्या निम्त्याइरहेको छ । त्यो मानव स्वयंमले अन्त्य गर्न सक्दछ । सभ्यताको प्रतिक मानिएको सेतो रंग धार्मिक दृष्टीले शुद्ध मानिन्छ । यस्तै सेतो कपडा प्राकृतिक र जैविक रुपमा शुद्ध ठहरिएको मान्न सकिन्छ । जैविक रुपमा माटोमै उत्पादन भएको कपासबाट बनेको हाते कपडा शुद्ध हुने भएकै कारण विगतमा सेतोकै प्रयोग भयो । यस्तै, खेतमा रातो, हरियो, कालो रंगको कपास उत्पादन भएन ।
 
विगतमा कपडाकै लागि भनेर रंगको प्रचलन र उपलब्धता थिएन । त्यसैले अनेक थरी रंगका बस्त्र प्रयोग हुन सकेनन् । जैविक उत्पादनबाटै उवेलामा पहेंलो बस्त्र चाहिए हलेदो कुटेर सेतो कपडा मुछ्ने र काम चलाउने हुन सक्थ्यो । हुन त जैविक उत्पादनकै रातो रंग आउने थुप्रै वनस्पतिहरु थिए । प्रशोधनका लागि उवेला जनशक्ति र भेउ थिएन । त्यसैले सेतै कपासको कपडा बुन्थे । सोही कपडा धारण गर्थे । उबेला मेसिनले बुनेका अनेक थरी रंग भएका लुगा उपलब्ध थिएनन् । हाम्रै बुबा–हजुरबाले समेत सेतो लुगा लगाएको मैले देखेको छु । हाम्रै हजुरमाले चर्खामा कपास फट्केर धागो बनाउन तान लगाएको र सोही धागोबाट हातैले बुनेको (गजि) को घाँगर लगाएको देख्न पाइयो । चर्खाका केही पार्ट पुर्जा अझै सुरक्षित छन् ।
 
घाँगरको रंग सेतै थियो । तर, हजुरबा वित्नु भएको थिएन । हजुरबा रंगि विरंगी लुगा आएपछि मात्रै वित्नु भएको हो । अहिले हजुरमाले रातो, नीलो जस्तो पनि लुगा लगाउनु हुन्छ  । पहिले देखिनै सेतो कपडा सजिलै र सरल रुपमा उपलब्ध थियो । हामी सेतो लगाउनेबाट सय पुस्ता माथि आइसकेका छौं । तर, मानसिकता उही पुरानै । अहिले त पुजा आजामा विभिन्न रंगका बस्त्र चढाइएका देखिन्छन् । सबै विधवाले सेतै लगाएर बसेको कम देखिन्छ । कसैले आफ्ना पतिका लागि भनेर सेतो लगाउनु अपवाद जस्तै भएको छ । सेतो लगाउने परम्परा कुप्रथा होइन । विगत देखिको उपलब्धता र सरलताका लागि अहिले पनि सेतोको प्रचलन हटेको छैन । हिन्दु परम्परानुसार काज किरिया गर्दा सेतो वा रातो लगाएर गर्ने भन्ने कुरा स्वःविवेकी कुरा हो । त्यसैले, यो बहसको विषय नहुन सक्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ