arrow

काँग्रेसभित्र ‘वीरबलको खिचडी’ पाक्दै !

logo
प्रकाशित २०७३ माघ १७ सोमबार
congress.jpeg
काठमाडौं । नेपाली काँग्रेसको विवाद समाधान र वीरबलको खिचडी उस्तैउस्तै हुन् । स्थायित्वमा रहेको नेपालको सबैभन्दा पुरानो पार्टी भए पनि काँग्रेसको आन्तरिक विवाद सबैभन्दा सशक्त छ । ठ्याक्कै वीरबलको खिचडी प्रसङ्गजस्तै । त्यसैले देउवालाई वीरबलसंग दाँज्न थालिएको छ । खिचडी पकाउने पनि देउवा नै हुन् । 
 
कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति, कार्य सम्पादन समिति र विभागहरूलाई पूर्णता दिने तयारी गरेको समय ११ महिनामा चलिरहेको छ । देउवा प्रदेश समिति निर्माण तयारीमा पनि लागेको बताइन्छ । तर उनले यसलाई पूर्णता दिन सकेका छैनन् । 
 
पछिल्लो समय फेरि देउवा तातेको हल्ला चलेको छ । पश्चिमबाट काठमाडौं फर्किएसंगै उनमा नयाँ किसिमको उर्जा आएको छ । तर त्यस्तो उर्जा त देउवामा पहिले पनि आएकै हो भन्नेहरु धेरै भइसकेका छन् । कांग्रेस विधान अनुसार कार्यसम्पादन समिति २७ सदस्यीय हुनेछ । 
 
तत्कालीन सभापति सुशील कोइरालाले आफ्नो कार्यकालभर कार्यसम्पादन समिति बनाएका थिएनन् । देउवाले कार्यसम्पादन समिति बनाउने र केन्द्रीय समितिलाई पूर्णता दिन मनोनयनका लागि गृहकार्य थालेको स्रोत बताउँछ । केन्द्रीय समिति बस्न नसकेको बेलामा कार्यसम्पादन समिति बैठकबाट निर्णय लिन सक्ने व्यवस्था कांग्रेस विधानमा छ ।
 
कार्यसम्पादन समिति गठन नभएकाले कुनै विषयमा तत्काल निर्णय गर्नुपर्ने भयो भने सभपातिले पदाधिकारी बैठक बोलाउने गरेका छन् । पदाधिकारी बैठकबारे विधानमा केही व्यवस्था छैन । स्रोतका अनुसार देउवा कार्यसम्पादन समितिपछि प्रदेश समिति संयोजक तोक्ने तयारीमा छन् ।
 
प्रदेश समिति संयोजक र विभागीय प्रमुख सँगसँगै मनानेयन गर्ने तयारी भइरहेको देउवा निकट स्रोतले बताएको छ । प्रदेश समिति संयोजक मनोनयन गर्दा प्रदेशबाट प्रतिनिधित्व गरेका दुई केन्द्रीय सदस्यमध्ये एकलाई संयोजक बनाउने तयारी देउवाको छ । 
 
केन्द्रीय समितिमा प्रत्येक प्रदेशबाट दुई–दुई सदस्य निर्वाचित भएका छन् । दुई केन्द्रीय समितिमध्ये वरिष्ठताका आधारमा एकलाई प्रदेश समिति संयोजक बनाउने तयारी छ । तर आफ्नो पक्षलाई भन्दा बढी रामचन्द्र पौडेल पक्षलाई फाइदा हुने देखिएपछि यसमा पनि असन्तुष्ट जनाउनेहरु देउवा पक्षमा भइसकेका छन् । 
 
प्रदेश समिति संयोजक मनोयन संविधानअनुसार नै हुने देउवा निकट स्रोतले बताएको छ । कांग्रेस विधानअनुसार प्रदेश समितिका अन्य सदस्य भने  महाधिवेशन प्रतिनिधिबाट चयन हुनेछन् । त्यो जिम्मेवारी प्रदेश समिति संयोजकलाई हुने छ । देउवा ४२ वटै केन्द्रीय विभागमा प्रमुखको चयन गर्ने तयारीमा जुटेका छन् ।
 
कांग्रेस विधानमा ३० वटा विभागको व्यवस्था छ ।  तत्कालीन सभापति सुशील कोइरालाले कार्यसमितिबाट अनुमोदन हुने गरी १२ वटा विभाग थपेका थिए । यसरी अहिले ४२  विभाग छन् । देउवाले ४२ विभाग, कार्यसम्पादन समिति, कार्यसमिति, प्रदेश समितिलाई पूर्णता दिए करिब एक हजार कार्यकर्ताले काम पाउने छन् ।
 
तर कतिबेला देउवाले काममा पूर्णता देलान् र काँग्रेस चलायमान होला भनेर बस्नेहरु एक वर्ष त डुबिसके भने अब कति डुब्नु पर्ने हो भन्ने शंका व्याप्त छ । देउवाले केन्द्रीय समितिलाईसमेत पूर्णता दिन सकेका छैनन् । जबकि गत वर्षको फागुनमा निर्वाचन भएको थियो ।
 
पूर्णता दिन नौ सदस्य मनोनयन गर्न बाँकी छ । विधान अनुसार निर्वाचन भएको एक महिनामै मनोनयन गरिसक्नुपर्छ । देउवा नै सर्वेसर्वा भएपछि धेरै ठाउँमा तनाव भएको छ । कार्यकर्ता बेरोजगार भएका छन् । उपसभापति पद नै कसलाई सुम्पने भन्नेमा उनलाई सास्ती भएको छ ।
 
स्रोतका अनुसार देउवा सबैभन्दा चिन्तित उपसभापतिको पदलाई लिएर भएको छ । विमलेन्द्र निधि भारतको चाहनामा उपसभापति हुँदै कार्यबाहक खाने दाउमा छन् ।
 
खुमबहादुर खड्का भने जतिसुकै उफ्रिए पनि त्यो पद नपाउने पक्का जस्तै भएको छ । तर काँग्रेस र छेपाराको रङ उस्तै छ भन्ने धेरै छन् ।
 
जे पनि हुन सक्छ । जब वीरबलको खिचडी त काँग्रेसभित्र पाक्छ भने अरुको के कुरा । (जनभावना साप्ताहिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ