arrow

स्पेनिश लिग फुटबलः रियाल मड्रिडको अग्रता बढ्यो, बार्सिलोना बराबरीमा थन्कियो

logo
प्रकाशित २०७३ माघ १७ सोमबार
real-madrid.jpeg
सान्टियोगो बर्नाबेउ । स्पेनिश फुटबल लिग ला लिगामा रियाल मड्रिडले शीर्ष स्थानलाई अझ मजबुद बनाएको छ । दोस्रो स्थानको दावेदार क्लव बार्सिलोनाले बराबरी खेलेसंगै रियाल मड्रिडले अग्रतालाई अझ फराकिलो बनाएको हो ।
 
आइतबार राति भएका खेलमा बार्सिलोनाले रियाल बेटिससंग १–१ को बराबरी खेल्यो । लुइस सुवारेजले अन्तिम समयमा गरेको गोलले बार्सिलोना हारबाटसमेत बचेको हो । 
 
यता रियालले आफ्नो १९ औं खेलमा रियाल सोसिडाडलाई ३–० ले हरायो । घरेलु मैदानमा खेलेको रियाल मड्रिडले रियाल डर्बी भिडन्तमा सफलता हासिल गर्ने क्रममा माटेओ कोभासिक, क्रिष्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरे ।
 
सोसिडाडका मार्टिनेजले दोहोरो पहेंलो कार्ड खाँदा पछिल्लो १६ मिनेट सोसिडाड १० जनामा सिमित भएर खेलेको थियो । 
 
लिगका अन्य खेलमा स्पानियोलले सेभियालाई ३–१ ले हरायो । यो हारले भने सेभियाको दोस्रो स्थानमा रहने सपना चकनाचुर भएको छ । 
 
त्यस्तै एथलेटिक बिलबाओले स्पोर्टिङलाई २–१ ले, सेल्टाभिगोले लेगनेसलाई २–० ले हरायो । 
 
लिगमा १९ खेलबाट रियाल मड्रिडको ४६ अंक छ भने ४२ अंकको बार्सिलोना दोस्रो स्थानमा छ ।
 
समान अंकको सेभिया भने गोल अन्तरका आधारमा तेस्रो स्थानमा नै रहेको छ । 
 
Ronaldo sprawled out on the turf in celebration after doubling his side's tally, he had earlier been whistled by his own fans
Cristiano Ronaldo created the first and scored the second as Real Madrid returned to winning ways against Real Sociedad
The Portuguese star played in midfielder Mateo Kovacic to break the deadlock seven minutes before half-time
With Gareth Bale on the long-term injury list Lucas Vazquez continued his run in the side on the left of the Real attack
Karim Benzema endured a frustrating opening half as Real Madrid's attacking moves seem to break down at his feet
The Frenchman was reduced to half chances in front of the Sociedad goal, here he is denied by keeper Geronimo Rulli
As the rain teamed down at the Bernabeu the on-pitch fayre was a little stodgy, here Danilo challenges Kevin Rodrigues
The visitors frustrated their more vaunted opponents for long periods, here Kovacic comes together with Juanmi Jimenez
Txuriurdin were flooding the midfield in a bid to crowd out Real, here David Zurutuza closes in on Toni Kroos
It needed a moment of magic for Real to break the deadlock and Ronaldo provided it, playing in Kovacic who finished bravely



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ