arrow

सौराहामा माघ २९ देखि फुड फेस्टिबल

logo
प्रकाशित २०७३ माघ १७ सोमबार
sauraha.jpeg
रत्ननगर । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा माघ २९ गतेदेखि ११औँ सौराहा फुड फेस्टिबल हुने भएको छ । सौराहामा पत्रकार सम्मेलन गरी आयोजक क्षेत्रीय रेस्टुराँ एन्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान) ले महोत्सवबारे जानकारी गराएको हो । 
 
सौराहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रणय दिवसको अबसर पारेर गरिने खाना महोत्सव फागुन ४ गतेसम्म चल्ने महोत्सवका संयोजक नरेश गिरीले जानकारी दिए । 
 
प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता भन्ने नारासहित आयोजना हुन लागेको खाना महोत्सवमा विभिन्न परिकारका नेपाली तथा विदेशी खानासहित स्थानीय थारु समुदायको परिकार राखिने बताइएको छ । 
 
महोत्सव अवधिभरमा रेस्टुराँ तथा होटलमा १५ प्रतिशत छुट तथा साना पर्यटन व्यवसायीद्वारा ३० प्रतिशतसम्म छुटको घोषणा गरिएको छ । 
 
महोत्सवबाट आएको आम्दानीमध्ये केही प्रतिशत अपाङ्ग तथा वृद्धवृद्धालाई सहयोग, खेल मैदान व्यवस्थापन, स्थानीय क्लब तथा उज्यालो सौराहा कार्यक्रममा खर्च गरिने अध्यक्ष भट्टले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ