arrow

एमाले केन्द्रीय सदस्य निरु पाललाई पति शोक

logo
प्रकाशित २०७३ माघ १७ सोमबार
uml.jpg.jpeg
काठमाडौं । नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य निरु पाललाई पति शोक परेको छ । भीमदत्तनगरपालिका–१७ कञ्चनपुरका स्थायी बासिन्दा मोहन पालको बिहान बिहान ४५ वर्षको उमेरमा निधन भएको पालका छोरा लोकेश पालले जानकारी दिए । 
 
आइतबार पेटसम्बन्धी समस्याका कारण उपचारका लागि महाकाली अञ्चल अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेपछि रिफर गरी सेती अञ्चल अस्पतालमा लगिएको थियो । 
 
उनलाई थप उपचारका लागि बिहान काठमाडौं ल्याउने तयारी हुँदाहुँदै सोही अस्पतालमानै निधन भएको हो । एमाले नेता पालको श्रीमती र दुई छोरा छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ