arrow

टर्की विस्फोटनमा ज्यान गुमाउनेको सङ्ख्या ९५ पुग्यो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1622955158.jpeg
आङ्कारा (टर्की) । टर्कीको राजधानी आङ्कारामा शनिबार विहान शान्ति यात्राका लागि भेला भएका व्यक्तिहरुमा लक्षित दुई वटा आत्मघाती आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ९५ पुगेको समाचार छ । टर्कीमा कार्यरत राजनीतिक पार्टी, नागरिक समाजसँग आवद्ध संस्थाहरू र कुर्दिस समर्थक पिपुल्स डेमोक्रेसी पार्टीद्वारा आह्वान गरिएको सो शान्ति जुलुसमा सहभागिता जनाउन जम्मा भएका व्यक्तिहरु लक्षित सो आत्मघाती आक्रमण भएको थियो । 
 
टर्कीको इतिहासमा नै यो एक भीषण आक्रमण भएको बताइएको छ यस आक्रमणमा परी २४६ जना घाइते भएका छन् । ती मध्ये ४८ जनाको अवस्था अत्यन्त गम्भीर भएको हुनाले यी सवैलाई सघन उपचार कक्षमा राखिएको बताइएको छ । हालसम्मको मृतकको सङ्ख्या, घाइतेहरुको अवस्थाको प्रधानमन्त्री अहमत दाभुटोग्लुका कार्यालयकाद्धारा घोषणा गरेको बताइएको छ । टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानद्धारा जारी एक वक्तव्यमा “शान्तिका लागि पहलस्वरूप गर्न लागिएको जुलुशमा संलग्न हुन भेला भएका नागरिकमाथि गरिएको यो आक्रमण ‘आततायी आक्रमण हो ।” भन्नुभएको छ । 
 
रेल स्टेसननजिकै भएको यस विस्फोटनबाट रेलबे संरचनासमेतमा ठूलो क्षति भएको डोगान समाचार संस्थाले जनाएको छ । यस विस्फोटनमा परी ठूलो सङ्ख्यामा नागरिकको ज्यान गएपछि टर्की सरकारले तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेको छ । गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशको शान्ति तथा प्रजातन्त्रमा धक्का दिने प्रयासस्वरूप गरिएको यस आक्रमणको सरकार घोर निन्दा गरेको जनाएको छ । 
 
‘आतङ्ककारी समूहद्वारा गराइएको उक्त आततायी घटनाको सरकार घोर निन्दा गर्छ र छिट्टै छानबिन गरी घटनामा संलग्न समूह तथा व्यक्तिहरूलाई हदैसम्मको कारबाही गरिनेछ,’ प्रधानमन्त्री दभाटोग्लुले पत्रकारसँगको कुराकानीमा बताउनु भएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ