arrow

पर्यटन विकासका लागि झिलमिला तालमा महायज्ञ

झिलमिला ताल पर्यटकीय नमुना स्थल बन्नसक्छ : उपाध्यक्ष जोशी

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७३ माघ १७ सोमबार
jhilimili-taal.jpeg
 कञ्चनपुर। कञ्चनपुरको भीमदत्त न.पा ९ ब्रम्हदेबको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको झिलमिला तालमा पर्यटन विकासको लागि महायज्ञ शुरु गरिएको छ ।   झिलमिला ताल धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिको आयोजनामा महायज्ञ शुरु गरिएको हो ।
  
महायज्ञको  उद्घाटन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले गरेका हुन् । उद्घाटन गर्दै प्रजिअ खनालले कञ्चनपुरका पर्यटकीय क्षेत्रको विकास आवश्यक रहने  बताए । ‘कञ्चनपुरमा पर्यटकीय क्षेत्रको राम्रो सम्भावना छ, जसमध्ये झिलमिला ताल पनि एक हो । ‘प्रजिअ खनालले भने, ‘पर्यटकीय क्षेत्रको विकास भए, यस जिल्लाले आर्थिक  विकासमा फड्को मार्छ ।’ 
   कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरदेखि २५ किलोमिटर उत्तरी क्षेत्र चुरेको डाँडामा रहेको प्राकृतिक सौन्दर्यताले भरिपूर्ण अलौकिक शक्ति बोकेको ‘पर्यटकीय क्षेत्रको विकास भए, यस जिल्लाले आर्थिक  विकासमा फड्को मार्छ ।’ झिलमिला तालको संरक्षणका लागि भन्दै महायज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ । 
 
झिलमिला ताल धार्मिक तथा पर्यटकिय स्थल संरक्षण समितिका अध्यक्ष मोतिसिंह महताले  महायज्ञका लागि नेपाल तथा भारतका विभिन्न गाउँमा प्रचार प्रसार गरिएको बताए   ।  उनका अनुसार पूर्णिमाका समयमा खास गरेर भारतबाट  भक्तजनहरु झिलमिला तालमा आउने गरेका छन् ।   दिनमा तिन पटक तालको रङ्ग फेरीन्छ । तालको चारैतिर जंगल, रुख बिरुवा भएपनि ताल कञ्चन छ, पात पतिङगर समेत देख्न नपाईने तालका मुख्य विषेशताहरु हुन् । ‘भारतको उत्तराखण्डमा पुर्णागिरी मन्दिरको दर्शनका लागि देश विदेशबाट आउँने गर्छन्,‘उनले भने, ‘हाम्रो यहाँ पनि धार्मिक पर्यटकिय विकास गर्न सक्ने भारतकै जस्तो पर्यटकहरुको ओईरो लाग्छ ।’ 
 
स्वच्छ मनले तालको दर्शन गर्न आउने दर्शनार्थीहरुले मनमा चिताएको पुरा हुने धार्मिक विश्वास समेत गरिएको छ । अध्यक्ष महताले  महायज्ञका लागि तालसम्म ८ किलोमिटर पहाडको सडक मर्मत गरिएको बताए  । ८ सय मिटर फुट मार्गको सरसफाई गरिएको छ । यज्ञबाट उठेको रकमबाट झिलमिला माताको मन्दिर बनाउने योजना रहेको उनले बताए । मटैनादेखि तालसम्म ८ किलोमिटर कच्ची सडकको समस्या संगै ताल क्षेत्रमा खानेपानी र शौचालय नहुँदा समस्या हुने गरेको छ ।
 
 ‘दर्शनार्थी र भक्तजनहरु तालकै पानी पिउँछन्, ‘अध्यक्ष महताले भन्नुभयो, ‘अस्थायी शौचालय र खानेपानीको महायज्ञसम्म प्रबन्ध गरेका छौँ ।’ पुर्णागिरीको दर्शनपछि सिद्धनाथको दर्शन गर्नेहरु झिलमिताको पनि दर्शन गर्न आउँछन्, यातायात, खानेपानी, शौचालय अभावका दर्शनार्थीहरुलाई समस्या हुने गरेको छ ।  
 
भीमदत्त नगरपालिका, उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति कञ्चनपुरको सहयोगका ८ किलोमिटर कच्ची मार्ग बनेको बताउदै तालसम्म कालोपत्रे हुनुपर्नेमा उनले जोडदिए ।   तालमा उज्यालोका लागि गत बर्ष राष्ट्रिय सूचना तथा संञ्चार केन्द्रले एक सोलार सेट जडान गरिदिदा केही उज्यालो भएको उनले बताए। 
 
कञ्चनपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष माधव प्रशाद जोशीले तालको विकासका लागि सहयोग गर्ने बताए ।  ‘यो झिलमिला ताल सुपकै पर्यटकिय नमुना स्थल बन्नसक्छ, ‘उनले भने, ‘यसको प्रचार प्रचारका लागि संघले पनि विगत देखि पहल गरेको छ ।’ नेपालमा पुर्वाधार अभाव हुँदा ताल ओझेलमा परेको बताउदै, भारतको पुर्णागिरी भौतिक विकासले चमत्कार भएको उनको बुझाई छ । तालको उचित संरक्षणका साथै धार्मिक पर्यटकिय रुपमा विकास गर्न सके यस क्षेत्रमा पर्यटकरुको आगमन बृद्धि संगै आर्थिक लाभ हुने संघका उपाध्यक्ष जोशीको भनाई छ ।  
 
तालको संरक्षणका लागि सम्बन्धित क्षेत्रबाट सहयोग गर्न समेत आयोजकले अनुरोध गरेको छ । माघ २४ गतेसम्म संचालन हुने महायज्ञमा भारतीय दर्शनार्थीहरु समेत आउने अनुमान गरिएको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ