arrow

ट्रम्पको बाटोमा हिँड्ने तयारीमा भारत, सीमामा पर्खाल लगाईने !

logo
प्रकाशित २०७३ माघ १७ सोमबार
India_Ban_borDer.jpeg
काठमाडौं । भारतमा आफ्नो मुलुकको सीमामा पर्खाल लगाउने विषयमा कुरा उड्न थालेको छ । अमेरिकामा राष्ट्रपतिको रुपमा सत्ता सम्हालेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमा पर्खाल लगाउने विषयलाई प्राथमिकताका साथ राखेपछि भारतमा पनि यस विषयमा चर्चा चलेको नवभारत टाईम्सले जनाएको छ । 
 
उक्त अनलाईनमा अमेरिकाले अबैध घुषपैठ रोक्नको लागि अमेरिकाले पर्खाल लगाउनु पर्छ भने भारतले पनि अबैध घुषपैठ रोक्नको लागि सीमामा पर्खाल लगाउनु पर्नै राय प्रस्तुत गरिएको छ । 
 
भारत सरकार यही सालदेखि पाकिस्तानको बोर्डरमा पूर्ण प्रतिबन्ध लगाउने तयारीमा रहेको छ । तर उक्त सीमाको बार भनेको कंक्रिटको पर्खाल नभएर त्यस क्षेत्रभित्र क्यामेरा, ड्रोन लगायतका सामग्री ल्याउन नदिने तयारी भईरहेको बताईएको छ । यो प्रक्रिया नेपाल लगायतका मुलुकहरुमा पनि लगाउने मनस्थितिमा गृहमन्त्रालय रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
 
भारतीय गृह मन्त्रालयले आउँदो डिसेम्बरदेखि भारत पाकिस्तान सीमाका सबै बोर्डरहरु सीलबन्दी गर्ने तयारी गरिरहेको छ । गुरदासपुर र पठानकोट हमलापछि गठन भएको गुप्ता कमिटीको सुझाव अनुसार नै यस्तो गर्न लागेको हो । यसैगरी सबै देशको बोर्डरमा यस्तै पर्खाल लगाउनु पर्ने सुझाव भारतीय पक्षको छ । 
 
अहिले भारतको सीमा चीन, नेपाल, पाकिस्तान, म्यानपार, वंगलादेश र भुटान गरी ५ वटा मुलुकहरुसँग जोडिएको छ । नेपालसँग मात्रै भारतको १७ सय किलोमिटर सीमाना जोडिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ