arrow

महोत्सवमा निशुल्क आँखा शिविर

सफलतामा उन्मुख हुदै महोत्सव

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ माघ १७ सोमबार
mahotsabwalling.jpeg
स्याङ्जा।  माघ १३ बाट सुरु भएको छैटौ वालिङ महोत्सवलाई सफल बनाउन आयोजकले एक दिने निशुल्क आँखा शिविर समेत आयोजना गरेको छ । प्रभु बैंक र वालिङ उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा निशुल्क आखा शिविर संचालन गरिएको हो । महोत्सव अवलोकन गर्न आउने दर्शकहरुलाई मध्यनजर राखेर आयोजकले स्वास्थ्य शिविर पनि सम्पन्न गरेको छ । 
 
महोत्सवमा सबै क्षेत्र, वर्ग जातजाती, भाषा, धर्म सबैको पहुच पुग्ने उदेश्यका साथ आयोजना गरिएको छैटौ वालिङ महोत्सव सफलता तर्फ उन्मुख रहेको छैटौ वालिङ महोत्सव मुल आयोजक समितिका संयोजक शोभाकान्त पौडेलले बताए । प्राविधिक र मौसमले हामीलाई साथ दिदैन कि भन्ने डर थियो संयोजक पौडेलले भने,“अहिले सबै व्यवस्थापन राम्रो भएकाले यो महोत्सव एतिहासिक हुने छ ।” यो महोत्सवलाई सफलताको शिखर चुम्न सबै स्याङ्जावासीले सहयोग गरिदिन पनि संयोजक पौडेलले आग्रह गरेका छन् ।  
 
ग्रामिण क्षेत्रमा रहेका जनताको स्वास्थ्यमा कम पहुँच हुने भएकाले यो महोत्सवमा एक दिन भएपनि आँखाको निशुल्क शिविर राखिएको छैटौ वालिङ महोत्सवका प्राथमिक स्वास्थ्य तथा आपतकालिन व्यवस्था उपसमितिका संयोजक बुधमान गुरुङले जानकारी दिए । 
 
करिव ४ सय जनाले आँखाको उपचार गराएर लाभ लिएका छन् संयोजक गुरुङले भने,“महोत्सवले यस्तो शिविर राखेर सेवा प्रवाह गर्नुपनि सफलता हो ।” यो शिविरबाट अपरेशन गर्नुपर्ने अवस्था आएमा हिमालयन आँखा अस्पतालले कम खर्चमा उपचार गर्ने व्यवस्था समेत आयोजकले मिलाएको छ । जसका कारण आँखाबाट समस्या भोगेका नागरिकलाई यो निशुल्क शिविरले महत्वपूर्ण टेवा दिने आयोजकको दावी छ । 
 
११ दिन सम्म संचालन हुने महोत्सवमा अर्को महत्वपूर्ण पाटो भनेको खानेपानी, सरसफाई र विद्युत पनि रहेको छ । यसको व्यवस्थापनका लागि आयोजकले शुद्ध खानेपानीको व्यवस्था मिलाएको विद्युत, खानेपानी तथा सरसफाई उपसमितिका संयोजक अशोक तिवारीले बताए । करिव ३ सय ५० स्टल रहेको छैटौ महोत्सवबाट उत्पादन हुने फोहोरलाई तत्काल सफा गर्ने व्यवस्था मिलाएका छौं संयोजक तिवारीले भने,“ जसका लागि २५ जना कर्मचारीलाई खटाएका छौं ।”
 
 चौथो दिन सम्म आईपुग्दा एक लाख दर्शकले मेला अवलोकन गरेको आयोजकको भनाई छ । मेलामा वालक देखि युवा तथा बृद्ध सम्मका लागि महोत्सव होस भन्ने उदेश्य राखेकाले पनि दर्शकहरुको उल्लेख्य सहभागिता रहेको छ । हेलिकप्टर देखि जलविहार, प्यारागलाईडिङ, भलिवल प्रतियोगिता, दोहोरी गित प्रतियोगिता, स्याङ्जा डान्स आइडल, कृषि प्रदर्शनी लगायत मेलाका आकर्षणका रुपमा रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ