arrow

सुनसरीमा गोली चल्यो, सादा पोसाकका प्रहरीलाई गोली हान्ने ३ घाइते

logo
प्रकाशित २०७३ माघ १७ सोमबार
gun-bullet-ar.jpeg

काठमाडौं । सुनसरीको खनारमा दिउँसो गोली चलेको छ । प्रहरीको गोली लागेर ३ जना घाइते भएका छन् । घाइते हुनेमा मोरङ निवासी श्रवण सरदार, करिश्मा चौधरी र सतन पासवान रहेको प्रहरीले जनाएको छ ।

इटहरी उपमहानगरपालिका–१४ मा पर्ने खनारस्थित सुनसरी मोरङ सिंचाई योजनाको नहरनजिक सादा पोसाकका प्रहरीलाई देख्ने वित्तिकै गोली चलाउने हतियारधारीलाई नियन्त्रणमा लिन प्रहरीले जवाफी कारबाही गरेको प्रहरी नायव उपरीक्षक प्रविण धितालले बताए ।

धितालका अनुसार केही दिन पहिले अपरिचित व्यक्तिले एक जनालाई गोली हानेको र यस्तै आपराधिक क्रियालाप बढेको सूचना पाएपछि सादा पोसाकका प्रहरी खटिएका थिए ।

उनले भने, ‘सादा पोसाकका प्रहरी आउने सूचना पाएका उनीहरुले प्रहरीलाई देख्नासाथ फायरिङ गरे । हाम्रो टोली तयारीमै रहेकाले जवाफी कारबाही गर्दा ३ जना घाइते भएका छन् । ३ जना नियन्त्रणमा आएका छन् । केही भागेका छन् ।’ घटनास्थलमा चारवटा पेस्तोल र को २२ प ६३६३ लेखिएको मोटरसाइकल पनि फेला परेको धितालले बताए । उनीहरुले फर्जी नम्बर प्लेट राख्ने गरेकाले अन्य नम्बर प्लेटपनि भेटिएको धितालको भनाई छ ।  

यस्तै, प्रहरीले लागूऔषधका कारोबारीको पनि खोजी गरिरहेको प्रनाउ धिताले जानकारी दिए । घटनास्थलमा सुनसरी प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक पोषराज पोखरेल आफै पुगे । प्रहरी उपरीक्षक पोखरेलका अनुसार, सादा पोसाकमा रहेका प्रहरीमाथि आपराधिक समूहले गोली प्रहार गरेपछि जवाफमा प्रहरीले ११ राउन्ड गोली प्रहार गरेको थियो । घटनास्थलबाट प्रहरीले ‘मेड इन युएस’ लेखिएका स्वचालित तीनवटा पेस्तोल, एउटा घरेलु नलकटुवा पेस्तोल, एउटा चक्कु, डाइजोल्याप, लुपिजेसिक, फेनारगन गरी कुल २२४ पोका, कोरेक्स तीन बोतल बरामद गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ