arrow

स्वास्थ्यमन्त्री थापाले भने–पाँच वर्षभित्र सबै गाउँमा विशेषज्ञ चिकित्सक सेवा

साथमा कुलमानका कुरा

logo
प्रकाशित २०७३ माघ १७ सोमबार
Gagan-thapa.jpeg

पोखरा । स्वास्थ्य मन्त्री गगन थापाले आगामी पाँच वर्षभित्र सबै गाउँमा विशेषज्ञ चिकित्सक सेवा पुर्‍याउने मन्त्रालयको लक्ष्य रहेको बताएका छन् । बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीले पोखरामा गरेको छैटौँ साहित्यिक महोत्सवमा आयोजित ‘चाँदीका घेरा’ विषयको छलफल कार्यक्रममा यसका लागि सरकारी सेवामा प्रवेश गरेका चिकित्सकले एक वर्षसम्म तोकिएका स्थानका जुनसुकै स्वास्थ्य चौकीमा गएर काम गर्नुपर्छ,– भने ।

सातवटै प्रदेशमा मेडिकल कलेज खोली स्नातक स्तरको पढाइ सञ्चालन गरिने बताउँदै तत्कालका लागि सबै प्रदेशमा क्षेत्रीयस्तरको प्रयोगशाला निर्माण गरिने मन्त्री थापाले जानकारी दिए । मन्त्री थापाले ६० अर्बको बजेट व्यवस्था हुन सके पाँच वर्षभित्र वीर अस्पतालदेखि सबै गाउँका स्वास्थ्यचौकीमा स्तरीय उपचार सेवा पुर्‍याउन सकिने नक्साङ्कन मन्त्रालयले कोरिसकिएको बताए ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले अबको एक–डेढ वर्षभित्र प्राधिकरणलाई नाफामा लैजाने दृढता जनाए । अहिले प्राधिकरणले वार्षिक  १२ अर्बको घाटा व्यहोरिरहेको जनाइएको छ । अहिले चुहावट नियन्त्रण गर्न व्यवस्थापन पक्ष लागेको जानकारी पनि कुलमानले दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ