arrow

स्वास्थ्य संस्थामै खानेपानी र शौचालय छैन, कसरी भइएला स्वस्थ ?

logo
प्रकाशित २०७३ माघ १७ सोमबार

काठमाडौं । नेपालको २० प्रतिशत स्वास्थ्य संस्थामा अझै पनि सेवाग्राहीका लागि सुरक्षित पानी र शौचालयको राम्रो प्रवन्ध नभएको जनाइएको छ । सोमबार सार्वजनिक भएको स्वास्थ्य संस्था सर्वेक्षण प्रतिवेदनले खानेपानी र शौचालय सम्बन्धी भौतिक पूर्वाधार भए पनि २० प्रतिशत स्वास्थ्य संस्थामा अझै पनि सेवाग्राहीका लागि त्यो प्रयोग गर्न योग्य नभएको जनाएको हो ।

स्वास्थ्य मन्त्रालयका जनसङ्ख्या प्रशासन, अनुगमन तथा मूल्याङ्कन महाशाखाका निर्देशक डा. दीपेन्द्ररमण सिंहले मन्त्रालयले सन् २०१५ मा गरेको नेपाल स्वास्थ्य संस्था सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरे । नेपालभरिका ९६३ वटा स्वास्थ्य संस्थामा गरिएको सर्वेक्षणमा बाल रोग, गर्भवती सेवा लिएका महिला, परिवार नियोजनसम्बन्धी परामर्श र जाँच अवलोकन गर्ने प्रोटोकललाई पनि सर्वेक्षणको विषयवस्तु बनाइएको थियो ।

सर्वेक्षणले ५० प्रतिशतभन्दा बढी स्वास्थ्य संस्थामा नियमित विद्युत् सेवा उपलब्ध नभएको र २० प्रतिशतमा मात्र सञ्चारका उपकरण रहेको औल्याइएको स्वास्थ्य सेवा विभागका मुक्तिनाथ खनालले बताए । उनले १० स्वास्थ्य संस्थामध्ये एउटामा मात्र सबै आधारभूत सुविधा पाइएको पनि जानकारी दिनुभयो । अधिकांश स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि र न्यूनतम उपकरण जस्तै ज्वरो नाप्ने थर्मामिटर पनि नभएको पाइएको प्रतिवेदनमा उल्लेख छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ