arrow

मधेसी मोर्चा निष्कर्षः प्रधानमन्त्री प्रचण्डलाई ‘डिभोर्स’ को चेतावनी

logo
प्रकाशित २०७३ माघ १८ मंगलबार
pm-with-madhesi-leaders.jpeg
काठमाडौं । परेमा संविधान संशोधन थाती राख्दै निर्वाचनको मिति घोषणा गर्ने प्रयासमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मधेसी नेताहरुले आफूसँगको सहमति पालना नगरेको आरोप लगाउँदै आन्दोलनमा जाने चेतावनी दिएका छन्। 
 
परिमार्जनसहित संविधान संशोधन नगरी चुनावको मिति घोषणा गरे मधेसकेन्द्रित दलहरु सशक्त आन्दोलनमा ओर्लने उनीहरुले सोमबार सत्ता गठबन्धनसँगको बैठकमा बताएका हुन् । 
 
काँग्रेस र माओवादी केन्द्रको ुआन्तरिक गठबन्धनुबाट एमाले नहटेसम्म वर्तमान गतिरोधले निकास नपाउने भन्दै आक्रोश व्यक्त गरेका थिए। 
 
उनीहरुले परिमार्जनसहित संशोधन पास नभई चुनाव हुनै नदिने बताएका छन्। सत्तारुढ काँग्रेस–माओवादी केन्द्रसँगको बैठकमा सोमबार मधेसी नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आक्रामक हुँदै भने, ‘यो सरकार तपाईंहरुको हो कि प्रमुख प्रतिपक्षी एमालेको ?’ दाहाललाई प्रधानमन्त्री पदमा मतदान गरेको छ महिनामा तीनबुँदे सहमति उल्लंघनमात्र नभएर एमालेको रणनीतिअनुसार मधेसीलाई पाखा लगाइएको उनीहरुले दाबी गरेका थिए।
 
फोरम लोकतान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सत्तामा ल्याएर संविधान संशोधनका पक्षमा ४ सय १ मत पुर्‍याउन दाहाललाई कसैले नरोकेको मधेसी नेताहरुले बताए । ( अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ