arrow

बोमलाल गिरीले देखाएको बाटो र चुनौती

logo
संगीता कुँवर
प्रकाशित २०७३ माघ १८ मंगलबार
SANGITA-kunwar.jpg.jpeg
टोकियो । हामी रहरै रहरको जिल्ला पत्रकारीता गर्दा बोमलाल गिरीको  आवाज कहिले समाचार कहिले रिपोर्ट त कहिले अन्तर्वार्ता मार्फत  उज्यालो नेटर्वकमा सुनिन्थ्यो । आज म परको देश जापानमा छु । काम र पढाईमा व्यस्त छु ।समयको व्यवस्थापन गर्न निक्कै कठिन भईरहेको छ । मैले एक दशक अघि रेडियोमा सुनेको चर्चित नाम बोमलाल गिरी अब फेरी  युरोप नफर्कने गरी स्वदेश फर्केको सुन्न पाउँदा केही कुराहरूको मेरो दिमागमा तरगं पैदा भयो । जसोतसो समय व्यवस्थापन गरी उहाँकै नाममा परदेशबाट यो पत्र  कोर्दैछु ।
 
बोमलाल दाई ! तपाई नेपाल  फर्कनु भो भन्ने खबरले मेरो खुशीको सिमा छैन । आमालाई सम्बोधन गरेर लेखेको पत्र  पढे । त्यसको प्रतिउत्तरमा जनक बराल र बिष्णु पौडेलले लेखेका पत्र पनि पढे ।
 
मलाई लाग्छ सायद तपाई रहरै रहरमा परदेशीनु भएको थियो ।तपाईले जस्तै  नाम कमाउने रहरलाई एकातिर थन्काएर केही रहर अनि केही वाध्यताले झण्डै दुई वर्ष अघि परदेशीएकी मलाई तपाईले आमालाई लेखेको पत्रले हरेक समय घच्घचाई रहयो । 
तपाई जस्तै घर फर्केर सक्रिय पत्रकारिता गर्ने रहर त कहाँ मरेको थियो र ! र पनि तत्कालै तपाईको बाटो अवलम्वन गर्न नसके पनि तपाईको बाटोमै हिड्ने बाचा गर्छु ।
 
जे जसो जति गर्न सकिन्छ मेरै देशमा गर्नेछु ।तपाई मेरो जस्तै स्वदेश फर्कने चाहना परदेशीएका लाखौं नेपालीको छ । तर घरखेत बन्दकि राखेर सयकडा तीनमा लिएको ऋण पनि त तिर्नुछ । 
 
परदेशमा थुप्रै मान्छे छन् जो देशमा काम गर्ने अबसर छैन देश बिग्रीयो भन्नेहरु तर तपाई आफु परदेश छिरेपछि थाहा पाउनुभयो होला । प्रवासमा कति दुस्ख गर्नुपर्छ ,समस्यासंग कसरी जुध्नुपर्छ ।
 
 कोही पी आर र रातो पासपोर्टको लोभमा विदेसिएका छन् ।अनि उनीहरु नै देश बिग्रीयो भनेर देशलाई रातदिन सरापी रहेका छन, धारे हात लगाईरहेका छन् । 
 
देशको माया गर्नेहरु त तिनिहरु हुन जो बिहान बेलुका आफ्नो परिवारको दुई छाकको लागी दुबई, कतार, मलेसिया जस्ता खाडी मुलुकमा पसिना बगाईरहेका छन निश्चीत समय काम गर्छन् र स्वदेशमै फर्किन्छन् । 
 
तपाई स्वदेश फर्कनुको अरु कुनै स्वार्थ छैन भने त्यो आगमनले युरोप, अमेरिका जस्ता सम्पन्न मुलुकमा भविष्य खोज्ने र पलायनको बाटो रोज्नेलाई पक्कै पनि गतिलो झापड दिएको हुनु पर्छ । 
 
अनि आफ्ना छोराछोरीलाई एेस,आराम र सुविधामा प्रवासमा पढाउने र उतै बस्ने सपना बुन्नेलाई राम्रो पाठ सिकाएको हुनु पर्छ ।
 
दाइ ! तपाईले खाजा खाने समय चोरेर लेखेका लेख समाचार पनि मैले पढेकी छु । तर नेपालको पत्रकारिता झनपछि झन चुनौतीपूण बन्दै गएको छ ।
 
नेपाली पत्रकारिता प्रतीको जनविश्वास गुम्दै गएको छ ।विश्वासनियता जोगाउने र निष्पक्ष पत्रकारिता गरेर जनतालाई सही सूचनाले सुसूचित गर्न तपाईलाई पनि चुनौतीपूण छ । परदेशबाट यो बहिनीको शुभकामना चुनौतीको सामना गर्न सफल हुनु । 
  
नेपाली पत्रकारीताले यति धेरै फट्को मारेको  धेरै भएको छैन किनकि हामी सानो छदाँ रेडियो सुन्ने भन्ने कुरा पनि अचम्म मान्नु पर्थ्यो । 
 
पत्रकारीताको छिटो बिकास भएपनि व्यवसायिक रुपमा काम गर्न खोज्नेका लागी निपक्ष पत्रकारिता गर्न अझ पनि गार्हो छ । 
 
कि राजनितिक दलको ट्याग लागेको हुनु पर्ने कि दलाली र चाप्लुसी गर्नुपर्ने गलत परम्परालाई साँच्चिकै गलत सावित गर्नु मैले देखेको तपाईको अर्को चुनौती हो । 
 
तपाई पत्रकारितामा लामो समयसम्म सक्रिय भएर  लाग्नुभयो ।बिचमा बिदेशीएपनि तपाई जस्तै आफ्नो देशमा केहि गर्नुपर्छ भन्नेहरु युरोपमा मात्र होईन धेरै देशका नेपाली आफ्नै देशमा बसेर काम गर्न चाहान्छन् ।
 
बिडम्वना कोहि चाहेर सक्दैनन फर्किन कोहि चाहादैनन । तपाई युरोप गएको छोटो समय मै फर्कनु भो म त्यो साहसको प्रशंसा गर्छु ।
तर दाई फेरि अर्को कुरा सुन्दैछु । सहि गलत तपाईलाई नै थाहा होला ! कतिपयले भन्दैछन् तपाईको नेपाल फिर्ती  जापानका लागी ट्रान्जिट प्वाईन्ट मात्र रे । दाई ! त्यसो हो भने तपाईलाई प्रशसा गरेर लेखेको यो पत्र  गलत हुनसक्छ । 
 
दाई युरोपमा काम गर्नुभयो । गार्हो पनि भए होला । हो जापान पनि त्यस्तै हो दाई यहाँ पनि मान्छे मेसिन बन्छन् । दिन रात काममा दौडिरहन्छन्  ।
 
अप्ठाराहरु र दुख लगभग बिदेश पसेपछि सबै नेपालीको उस्तै हुन्छ । अहिले  जापानमा पनि नेपालीको संख्या ६०हजार नाघिसकेको छ । यो समुह भित्र यस्तो जनशक्ती पनि छ ।
 
प्राध्यापक,शिक्षक,कर्मचारीहरु नेपालमा राम्रो पढाई सकेपनि अवसरको खोजीमा बितृष्णाले परदेशीनेको जमात पनि छ । जुन जनशक्तीले नेपाल बनाओस त्यस्तो युवाशक्तीले अरुको देश  बनाईरहदाँ मन पिरो हुन्छ।
 
आत्मसम्मान त धेरै परको कुरा । नेपाली पत्रकारीतामा पनि गर्न चाहाने र निपक्ष रुपमा बिना स्वार्थ लागीरहने तपाईजस्ता पत्रकारले सुरुगर्नुभयो भने ठुला परिवर्तन गर्नको लागी बाटो बन्नेछ।   
 
यदि ठुला अपेक्षा भन्दा सामान्य जिवन चलाएर र समाजदेशको लागी केहि गर्न सकिन्छ भने  तपाई जापान नआउनुस्। बरु परदेश पसेका युवाहरुसाई कसरी स्वदेशमै अबसर र काममा प्रयोग गर्न सकिन्छ । 
 
त्यसबारे काम गर्नुस तपाईको धर्म पत्रकारीता हो । तपाई पत्रकारीता मै खुलेर काम गर्नुस दाई ।  
फेसबुक चलाउदै जादाँ अग्रज दाजु दीपेन्द्र कुवँरको स्टाटस आयो, ‘मिडिया सोसाईटीमा पनि म छु, अकोरावमा पनि म छु, बानमा पनि म छु, उद्योग वाणिज्य संघमा पनि छु, उद्योग संघमा पनि छु र चुन्ने र चुनिने प्रक्रियामा सामेल हुन्छु । अनि नेपाल पत्रकार महासंघमा पनि  छु र चुन्नेरचुनिने प्रक्रियामा निर्णायक भूमिका खेल्छु । 
 
आखिर म को हुँ ? हामी को हौं ? ‘पत्रकार!’! 
   
संगै पहिले रेडियोमा काम गरेका साथी टोपलाल अर्यालले लेख्नु भयो, ‘सात सालसम्म निरन्तर चलेको रेडियो यात्रा विश्राम गर्ने मुडमा ।!
 
यी दुई फेसबुक स्टाटसले नेपाली पत्रकारिताको अवस्थालाई छर्लंग पार्छन् ।पत्रकारीता गरिरहन कसरी प्रोत्साहन गर्ने रुनत समाजलाई चासो छ न सरकार नत संम्बन्धीत निकायलाई चिन्ता छ । 
 
यो समस्या पत्रकारितामा मात्र होईन प्रशासन, राजनिती र बिभिन्न ठाउँमा काम गर्नेहरुमा छ । युवामा बितृष्णा छ उनिहरु उम्कन चाहान्छन् । देशमा गर्ने बाताबरण भएन भनेर बाहिरीनेको संख्या बढ्दो छ ।
 
     अब धेरै ढिला भएको छ । दाइ हामी २ दशक राजनितीक संक्रमण भन्दै यत्तिकै पछाडी छौ । न राजनिति, न न्याय, न प्रशासन,न नियम, न कानुन, न दण्ड न सजाँय कसैपनि काम प्रति चिन्ता र गर्नुपर्छ भन्ने भावना छैन । नकरात्मक समाचारै समाचारले बाहिरबाट हेर्दा झन कठिन छ कि जस्तो लाग्दो रहेछ । 
 
भुकम्पले दिएको गहिरो चोट त्यस माथी पनि समयलाई सहि सदुपयोग गर्न सकिरहेका छैनौ । भुकम्प गएको २ बर्ष पुगिरहदाँ न अब बलियो घर बनाउनु पर्छ भनेर काम थालिएको छ न पिडीत समक्ष सरकार भएको अनुभुति गराउन नै । 
 
त्यसैले समस्यै समस्याले गाँजेको नेपाली पत्रकारितालाई पनि तपाईको खाँचो थियो ्र सहि समयमा सहि निर्णय गर्नुभएको छ । 
 
म पनि ढिलो चाँडो अवश्य आउनेछु ।तपाईले अवलम्वन गरेको बाटो पक्षाउनेछु । अन्त्यमा  तपाईको नेपालबसाई र सक्रिय पत्रकारीताको यात्रा सफल होस् । कामना !!!



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ