arrow

आठौ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको आज आय ब्यय सार्वजनिक

logo
जितेन्द्र भण्डारी
प्रकाशित २०७३ माघ १८ मंगलबार
FOOT-Ball-news.jpeg
पाँचथर। पाँचथरको फिदिममा गत पौषमा सम्पन्न आठौ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको आज आय ब्यय सार्वजनिक गरिएको छ ।
 
सदरमुकाम फिदिममा भएको सार्वजनिक सुनवाई कार्यक्रममा वोल्दै क्लवका कोषाध्यक्ष विमल श्रेष्ठले यस वर्षको प्रतियोगिता संचालन गर्दा २९ लाख ६३ हजार ७ सय ३१ रुपैया आम्दानी भएको वताउनुभयो ।
 
यस्तै खर्च भने २६ लाख ९४ हजार ५ सय १६ रुपैया भएको र वचत भने २ लाख ६९ हजार २ सय १५ रुपैया भएको कार्यक्रममा जानकारी गराइएको थियो । यस्तै क्लवले २ लाख ९६ हजार रुपैया तिर्न बाँकी,रिण २६ हजार ७ सय ८५ रुपैया रहेको र उठ्न वाँकी २ लाख ४० हजार रुपैया रहेको वताइएको थियो ।
 
उठ्न वाँकी रकम उठेको खण्डमा २ लाख १३ हजार २ सय १५ रुपैया फाइदा हुने वताइएको छ । उक्त कार्यक्रममा वोल्दै गोर्खा वेल्फेयर फिदिमका प्रमुख शुभराज थाम्सुहाङले यो प्रतियोगितालाई जिल्लाकै प्रतिगिोगिताको रुपमा विकशित गरेर लैजान जिल्लाका राजनितीक दल,संघ संस्था तथा सरकारी कार्यालयलाई आग्रह गर्नुभयो ।
 
यस्तै कार्यक्रममा जिल्ला विकाश समिती पाँचथरका निमित्त स्थानिय विकाश अधिकारी भानु बराल,जिल्ला अस्प्ताल विकाश समिती पाँचथरका अध्यक्ष दिपक नेपालले यो प्रतियोगिता आउँदा दिनमा यसलाई अझै सब्य र भब्य रुपमा अघि वढाउनका लागि दिगो स्रोत जुटाउनु आवश्यक रहेको वताउनुभयो ।
 
कार्यक्रममा वोल्दै फिदिम स्पोटिङ क्लवका अध्यक्ष किरण श्रेष्ठले अव हुन लागेको क्लवको साधारण सभा र अधिवेशनले दिगो आयआर्जका स्रोत खोजेर यसलाई भावी आउने कार्यसमितीले समेत प्रतियोगिता संचालन गर्नका निम्ति नयाँ रणनिती बनाएर जाने वताउनुभयो । 
 
कार्यक्रममा जिल्लाका राजनितीक दल,स.घ संस्था,पत्रकार लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता गत पौष १५ गतेदेखि २४ गतेसम्म संचालन गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ