arrow

जेरार्ड पिकेलाई बार्सिलोना छोड्न मनाउदै शाकिरा

logo
प्रकाशित २०७३ माघ १८ मंगलबार
imagen-sin-titulo.jpeg
बार्सिलोना ।  बार्सिलोनाका भरपर्दा डिफेन्डर तथा सर्वाधिक रुचाइएका खेलाडी जेरार्ड पिकेलाई बार्सिलोना छोड्नका लागि उनकी प्रेमिका तथा कोलम्बियन पप गायिका शाकिरा हाल मनाउने प्रयासमा रहेको छिन्। स्पेनिस संञ्चार माध्यमका अनुशार आफ्नो परिवार सहित लन्डनमा सर्ने योजना बनाई रहेकी उनि लन्डनमा बस्दा आफ्नो र परिवार ब्यबसायिक  तथा भावनात्मक रुपमा सबल हुने विश्वासमा रहेकी छिन्। त्यसैले उनले जेरार्ड पिकेलाई लन्डन जान दबाब दिइरहेको जनाइएको छ। 
 
सन् २००८ मा म्यान चेष्टर युनाइटेड छोड्दै बार्सिलोना आएका जेरार्ड बार्सिलोनाका नियमित खेलाडीको रुपमा रमाइरहेका उनि पछिल्लो समय  क्याट्लोनियाको राजनितीक बिषयमा विबादस्पद अभिव्यक्ती दिएपछि स्पेनिस जनता सामु चर्को आलोचनाको सिकार भएका २९ वर्षिय स्पेनिज डिफेन्डर रुसी विश्वकपका लागि भएको छनोट खेल अन्तर्गत अल्वेनिया विरुद्दको खेलपछि चौतर्फी दबाबका कारण आफ्नो प्रदर्शन खस्किएको गुनासो पोखेका थिए त्यसैले  उनि बार्सिलोना छोड्ने केही संभावना भने रहेको छ।सन् २०१८ को रुसी विश्वकप पछि अन्तराष्ट्रिय फुटबलबाट संन्यान्स लिने सोचमा  रहेका उनि हाल बार्सिलोनामा एक सिजनका लागि ५ करोड ८० लाख युरो पारिश्रमिक लिने गरेका छन्। 
   
यदी,उनि लण्डनमा बस्ने बिषयमा सकारात्मक रहे भने पनि उनलाई लण्डन बसाई त्यती सहज भने रहने छैन। लण्डन बसाईका लागि उनले आफ्नो व्यवसायिक करियरको लागि नयाँ क्लब खोज्नु पर्नेहुन्छ जसको विकल्पमा उनलाई किन्न सक्ने क्लब आर्सनल तथा चेल्सी मात्र हुनेछन्। जसमा चेल्सी उनका लागि केही सकारात्मक देखिएको छ।
प्रतिष्ठित क्लब,राम्रो मान सम्मान तथा पारिश्रमिक पाउँदा पाउँदै के प्रेमिकाको मन राख्न बार्सिलोना छोड्न फकिएलान त जेरार्ड? त्यो आउने दिनले नै बताउने छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ