arrow

एकै जिल्लामा एक सय बढी नयाँ कुष्ठरोगी भेटिए

logo
प्रकाशित २०७३ माघ १८ मंगलबार
kustha-rog-a.jpeg

बर्दिया । कुष्ठरोग निवारण अभियानअन्तर्गत यही माघ १० गतेदेखि हालसम्म जिल्लामा एक सय  कुष्ठरोगी फेला परेका छन् । कुष्ठ रोग निवारणका लागि सञ्चालित अभियानअन्तर्गत बर्दियामा सोमबारसम्म एक सय २० नयाँ कुष्ठरोगी फेला परेका हुन् ।  

तीमध्ये २७ जनामा एमबी र ९० जनामा पीबी ‘प्रकार’ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तीन जनाको भने विस्तृत रुपमा जाँच गर्न बाँकी रहेको बताइएको छ । तीमध्ये नौ जना बालबालिका रहेको कार्यालय प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए ।

यससँगै जिल्लामा अब कुष्ठरोगको औषधि सेवन गरेकाहरुको सङ्ख्या दुई सय ४० पुगेको बताइएको छ । बाँके सबै भन्दा धेरै कुष्ठरोगी भएको जिल्ला मानिन्छ । धनुषा र बर्दियामा पनि धेरै कुष्ठरोगी छन् ।

सरकारले सन् २०२० सम्म ७५ वटै जिल्लाबाट कुष्ठरोग निवारण गर्ने उद्देश्यले बाँके र बर्दियामा नयाँ कुष्ठरोगी खोज्न सुरु गरेको छ । स्वास्थ्यकाे टाेलीले कुष्ठरोग निवारण अभियानअन्तर्गत घरदैलो कार्यक्रमलाई प्राथमिकता दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ