arrow

बुल्गेरियाको अन्तरिम सरकारको पहिलो बैठक

logo
प्रकाशित २०७३ माघ १८ मंगलबार
Bulgarian-parliament-imagesfrombulgaria.jpeg
सोफिया । बुल्गेरियाको अन्तरिम सरकारको पहिलो बैठक सोमबार सम्पन्न भएको छ । बैठकमा अन्तरिम प्रधानमन्त्री ओङ्गयान गेर्डजीकोभले अन्य सरकार जस्तो अहिलेको सरकार नभएको बताएका थिए । उनले अरुको भन्दा आफ्नो सरकार धेरै दौडिएको पनि बताएको अन्तरिम सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 
 
गेर्डजीकोभले देशका लागि निकै महत्वपूर्ण विषयको रुपमा रहेको युरोपियन युनियनको अध्यक्षता गर्ने तयारीका बारेमा पनि बैठकमा जानकारी मागेका थिए । बुल्गेरिया आउदो सन् २०१८ को जनवरी १ देखि ६ महिनाका लागि युरोपियन युनियन परिषद्को चक्रिय अध्यक्ष हुँदैछ । 
 
परिषद्को अध्यक्ष हुनका लागि बुल्गेरियाको न्यायिक पुनःसंरचना पनि महत्वपूर्ण विषय भएको उनले बैठकमा बताए । साथै सफलता, स्थिरता र युरोपियन युनियनको कोषको निरन्तरता लगायतका विषय अन्तरिम मन्त्रीपरिषद्का अन्य प्राथमिकता रहेको प्रधानमन्त्री गेर्डजीकोभले जानकारी गराए । 
 
“व्यापारिक समुदाय र नागरिक समाजसँगको वार्ता पनि अर्को महत्वपूर्ण हाम्रो प्राथमिकता हो,” उनले भने। गत वर्षको मध्यनोभेम्बरमा जिइआरबी गठबन्धन सरकारले छाडेपछि बुल्गेरियामा गेर्डजीकोभको नेतृत्वमा गत जनवरी २७ मा अन्तरिम सरकार बनेको थियो । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ