arrow

कुटनीतिक निकायले सरकारको क्षमतामाथि प्रश्न उठाए !

logo
प्रकाशित २०७३ माघ १८ मंगलबार
mahat-g--news-piss.jpeg

काठमाडौं । सरकारले कुटनीतिक निकायलाई मंगलबार ब्रिफिङ गरेको छ । सरकारको ब्रिफिङमा कुटनीतिक निकायले मुख्य त नेपालको खर्च क्षमतामा देखिएको कमजोरीबारे चासो राखे । यस्तै, पुःननिर्माण र निर्वाचन, मानवअधिकारका सम्बन्धमा पनि उनीहरुले चाँसो राखेका छन् ।  

पुष्पकमल दाहालको नेतृत्वमा गठबन्धन सरकार बनेको ६ महिनापछि परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपालस्थित कुटनीतिक निकायका पदाधिकारीलाई ब्रिफ गरेका हुन् । ब्रिफपछि मन्त्रालयमा पत्रकार सम्मेलन गरी परराष्ट्रमन्त्री महतले कुटनीतिक निकायका पदाधिकारीले राखेका चासोबारे पत्रकारलाई जानकारी गराए । उनका अनुसार कुटनीनिक निकायका पदाधिकारीले निर्वाचन, भूकम्प पछिको पुःननिर्माण, मानवअधिकार, संक्रमणकालिन न्याय र सरकारको खर्च गर्ने क्षमतामा देखिएको कमजोरीबारे चासो राखे ।    

उनीहरुले मुख्यतःसरकारको खर्च गर्ने क्षमतामा देखिएको कमजोरीमाथि प्रश्न उठाए । सरकारले ब्रिफमा  भारत, चीन, अमेरिका, बेलायत, कतारलगायत २४ मुलुकका राजदुत तथा कार्यबाहक राजदुत, नेपालस्थित संयुक्त राष्ट्रसंघीय नियोग, यूरोपेली यूनियनलगायतका प्रतिनिधि सहभागि भए । सार्क सचिवालयका प्रतिनिधि समेत छलफल कार्यक्रममा सहभागि भएको बताइएको छ ।

परराष्ट्रमन्त्री महतले सरकारले संविधान कार्यान्वयनमा ध्यान दिएको उल्लेख गर्दै सबैलाई साथमा लिएर निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको सुनाए । उनले भने, ‘असन्तुष्ट पक्ष र विपक्षी दललाई समेत साथमा लिएर स्थानीय तहको निर्वाचनको तयारीमा रहेको जानकारी दिएको छु ।’ पुनःनिर्माणका सम्बन्धमा सरकारले गरिरहेको कामबारे समेत मन्त्री महतले कुटनीतिक निकायलाई जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ