arrow

देउवाको सकारात्मक कदमः चुनाव रोक्न आएको बाह्य दबाब अस्वीकार

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
deuba-ganeshmanko-batoma.jpeg
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार संविधान संशोधन टुंग्याएरमात्रै निर्वाचन प्रक्रिया थाल्न आएको दबाबलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन् ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाललाई निर्वाचन मिति घोषणाका लागि निरन्तर रुपमा दबाब परिरहेका बेला बाह्य दबाब पनि आउन थालेपछि देउवाले ठाडै अस्वीकार गरेका हुन् ।
 
बाह्य प्रेरणा र मोर्चाको मागअनुसार संविधान संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने दिइएको दबाब अस्वीकार गर्दै सभापति देउवाले प्रधानमन्त्री दाहाललाई उल्टै निर्वाचन मिति तत्काल घोषणा गर्न दबाब बढाइरहेका छन् ।
 
‘देउवालाई संविधान संशोधन गरेपछि मात्रै चुनावमा जान भनेर एउटा छिमेकी मुलुकको संस्थापन पक्षले दबाब दिइरहेको छ तर त्यसलाई मान्नुभएको छैन,’ उनी निकट स्रोतले भन्यो, ‘बरु त्यस्तो दबाबका बाबजुद उहाँ कुनै पनि हालतमा स्थानीय चुनाव गर्नुपर्छ भनेर लागिरहनु भएको छ ।’
 
बाह्य दबाबबारे एमाले शीर्ष नेताहरुसँग समेत कुराकानी भइरहेको जानकारी स्रोतले दियो । 
 
स्रोतका अनुसार स्थानीय निर्वाचनको सवालमा पछिल्लो समय प्रतिपक्ष नेकपा एमाले र कांग्रेसबीच समान धारणा बन्दै गएको छ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ