arrow

पैसा पाएपछि महानगरका इन्जिनियरले खिचेको ८ तल्लाको भवन यसरी भयो ५ तल्ला !

महानगरपालिकामा मिलेमतोमा के सम्म हुँदोरहेनछ ? हेर्नुहोस् प्रमाणसहित

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
mahanagara_naksha.jpeg
काठमाडौं । काठमाडौंको थापाथलीबाट त्रिपुरेश्वर तर्फ जाँदा १०० मिटरजतिको दूरीमा टुकुचा खोला पुगिन्छ । त्यो खोला तरेर पारी पुग्नेवित्तिकै खोलासँगै जोडिएको एउटा ठूलो व्यापारिक भवन देख्न सकिन्छ । जुन भूमिगत रुपमा एक तल्ला र माथि नै ७ तल्लाको रहेको तस्वीरमा पनि स्पष्टसँग देख्न सकिन्छ । 
 
१३ आना २ पैसा ३ धुर क्षेत्रफलमा बनेको उक्त भवन सुनिलराम बैद्य समेत ४ जना जग्गाधनीको नाममा निर्माण भएको हो । मिति २०६५ साल मंसिर २ गते नक्सापास गरेर ८७ फिट सम्म उचाईको भवन बनाउन सक्ने गरी दिईएको निर्माण स्वीकृति पछि २०७२ सालमा यसको निर्माण सम्पन्न भएको भनेका काठमाडौं महानगरपालिकाले प्रमाणपत्र दिएको छ । जुन प्रमाणपत्र तल प्रस्तुत गरिएको छ । 
 
यसरी महानगरपालिकाले दिएको प्रमाणपत्रमा कूल २५ सय ४८.९७ वर्गफिटको क्षेत्रफलमा भूमिगत तल्ला एउटा र त्यस भन्दा माथि पाँचवटा तल्ला रहेको भनेर निर्माण सम्पन्न प्रमाणपत्र दिईएको छ । २३ सय ३८ वर्ग मिटरको भूमिगत तल्ला र त्यस माथिका ४ तल्ला क्रमशः २६ सय ७३ वर्ग मिटरको र सबैभन्दा माथिको तल्ला भने ४ सय ८ वर्ग मिटरको रहेको उल्लेख गरिएको छ । यस्तो हुँदा उक्त भवनको बीचको २ तल्ला गायव भएको देखिन्छ । महानगरसँग यसको कानूनी उत्तर छैन कि निर्माण सम्पन्न भईसकेको भवनको बीचको दुई तल्ला कहाँ गायव भयो ? वास्तविक भवन पनि तस्वीरमा देख्न सकिन्छ जुन भूमिगत बाहेक माथि मात्रै ७ तल्लाको रहेको छ । 
 
फोटोसपबाट मिलाईन्छ तस्वीर 
कुनैपनि भवनको निर्माण सम्पन्न प्रमाणपत्र दिने बेलामा गएका इन्जिनियरहरुले घरको चारैतिरबाट स्पष्ट देखिनेगरी फोटो खिचेर लैजाने गर्दछन् । ता कि उक्त भवन कति तल्लाको छ भन्ने सवालमा सबैलाई जानकारी होस् । तर, कसरी हुन्छ त बढी तल्ला भएको घर पनि नक्सा अनुसार स्वीकृत ? अर्थात् यही प्रकरणमा जस्तै बीचको तल्ला कसरी तस्वीरमा गायव गराईन्छ त ? यो प्रश्नमा महानगरका एक अधिकारीले भने सबै फोटोसपबाट मिलाईन्छ । 
 
यो भवनको विषयमा पनि कामपा नक्सा शाखामा स्वीकृति पाए बमोजिम नै पाँच तल्लाको तस्वीर राखिएको छ । तर, वास्तविक रुपमा भने भवन ७ तल्लाको रहेकोे छ । यसरी फोटो खिच्न गएका इन्जिनियरहरुले समेत महानगरकै उच्च अधिकारीहरुसँग मिलेर निर्माण स्वीकृति दिँदा यस्तो गर्नेगरेको स्पष्ट भएको छ । 
 
इन्जिनियरकै हस्ताक्षर नक्कली 
उता, यो घरको नक्सा स्वीकृत गराउने क्रममा स्थलगत निरीक्षणमा गएका जुई÷इन्जिनियरको नामबाट गरिएको हस्ताक्षर नै कीर्ते रहेको आरोप समेत लाग्न थालेको छ । उक्त प्रमाणपत्रमा महानगरले नक्सा स्वीकृत गर्दा प्रयोग भएका वारेस(दलाल) स्रोतले दिएको जानकारी अनुसार सो घरको स्वीकृतिकोलाई हस्ताक्षर गरिएका जुईको हस्ताक्षर नै कीर्ते छ । 
 
यस्ता गैरकानूनी कार्यहरु काठमाडौं महानगरपालिकाको नक्सा शाखामा यो न त पहिलो हो न त यस्ता काम अन्तिम नै हो पनि भन्न सकिने अवस्था छैन । तर, यसरी सधैंभरी भ्रष्टाचारको अखडा बनेको भनेर आरोप लाग्ने महानगरको भ्रष्टाचारको खेलो दिन प्रतिदिन पर्दाफास हुँदै गएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ