arrow

स्वास्थ्यमन्त्रीले जारी गरे औषधिको अवस्था र मन्त्रालयको प्रयास विवरण

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
Gagan-thapa.jpeg

काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य संस्थामा औषधि उपलब्धताबारेको यथार्थ खुलाउँदै मन्त्रालयले गरिरहेका प्रयासबारे जानकारी दिएका छन् । मन्त्री थापाले अपिल जारी गर्दै औषधि उपलब्धताको विगत र अहिलेको अवस्थाबारे जानकारी दिएका हुन् ।

अपिलमा उनले भनेका छन्, ‘प्रत्येक दिनजसो समाचार आउँछ । फलानो स्वास्थ्य संस्थामा औषधि छैन । म अभारी छु किनकी एकातिर मन्त्रालयले जानकारी पाएको छ । भने अर्कोतिर मन्त्रालय मातहतका निकायलाई काम गराउन यसले थप दबाब सिर्जना गरेको छ ।’

आफु गएको भदौ १२ गते मन्त्रालय पुग्दै मुख्य चासो नै औषधिकै रहेको उल्लेख गर्दै मन्त्री थापाले सबै स्वास्थ्य संस्थामा निःशुल्क औषधि पाउने भन्ने कागजी व्यवस्था भएपनि केन्द्रबाट औषधि किनेको अवस्था थिएन भनेका छन् ।

उनले भनेका छन्, ‘मन्त्रालय पुगेपछि मैले सोधे यस्तो किन हुन्छ ? सवैको जवाफ थियो । सार्वजनिक खरिद ऐन, नियमावलीमा समस्या छ । अथक प्रयासबाट त्यो नियमावलीमा स्वास्थ्य सम्बन्धि मालसामान खरिदमा रहेका जटिलताहरुलाई फुकाउने बुँदाहरु समावेश गरेका छौं ।’ मन्त्री थापाले औषधि पठाएको विवरण पनि सार्वजनिक गरेका छन् ।

Image may contain: text

Image may contain: text

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ