arrow

जाजरकोट अस्पतालको स्तरबृद्धिका लागी १ करोड ७३ लाख आवश्यक

अस्पताल विकास समितिका अध्यक्षले ल्याए सुधार योजना

logo
राजन कार्की,
प्रकाशित २०७३ माघ १९ बुधबार
jajjarkot-hospital.jpeg
जाजरकोट। सरकारले १५ शैयाको जिल्ला अस्पताललाई स्तरबृद्धि गदै गत बर्ष ५० शैयाको जाजरकोट अस्पताल बनाएपनि १५ शैयाकै सेवा सुविधा नभएको गुनासो बढिरहेका बेला हालै नियुक्त अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र शाहले अस्पतालको स्तरबृद्धि गर्न आफ्नो दुई बर्षे कार्य योजना सार्वजनिक गरेका छन् ।
 
अध्यक्ष शाहले अस्पतालको अस्तव्यस्त अवस्थालाई सुधारको लागी कार्ययोजना सहितको खाका सार्वजनिक गरेका हुन् ।  अस्पतालमा भएका समस्याहरुको समाधान सहितको सूचि सार्वजनिक गर्दै शाहले आफ्नो कार्यकालमा उपचार सेवामा देखिने गरि सुधार ल्याउने दावी गरेका छन् । उनले अस्पतालको भौतिक अवस्थालाई सुधार गर्ने र उपचारको भरपर्दो ब्यवस्था मिलाउन आफुले विशेष पहल गर्ने बताए । प्राविधिक  जनशक्ति र  उपकरण पर्याप्त नभए पनि उपलब्ध जनशक्ति र साधन श्रोतले भ्याएसम्म सेवाग्राहीलाई सेवा सुविधा उपलब्ध गराउने छु उनले भने ।
 
अस्पतालका समस्याहरुलाई तत्काल समाधान गर्न चिकित्सकहरुको लागि उचित आवासको व्यवस्था, चौबीसै घन्टा पानी र विद्युत्तको ब्यवस्था गर्न पहल गर्ने , थप अर्को एम्बुलेन्सको ब्यवस्था ,एक्सरे सेवा,  ल्याव , शल्यक्रिया, चौबीसै घन्टा विरामी चेक जाँचलाई प्रभावकारी रुपमा सुचारु गरिने कार्ययोजनामा प्राथमिकताका साथ उल्लेख गरिएको छ । त्यस्तै उपचार सेवालाई प्रभावकारी बनाउन आवश्यक भौतिक पुर्वाधारका लागी विशेष पहल गर्ने कार्ययोजनामा जनाईएको छ । ‘यी सवै कामका लागी एक करोड ७३ लाख रुपैया आवश्यक पर्छ । उक्त रकम ब्यवस्थापनका लागी पनि स्वास्थ्य मन्त्रालय , स्वास्थ्यमन्त्री , अर्थ मन्त्रालय , राजनैतिक दल , जिल्लाका साँसदहरु र अस्पतालको आफ्नै स्रोत ब्यवस्थित रुपमा ब्यवस्थापन गरिनेछ’ अध्यक्ष शाहले भने ‘यो अस्पताल जिल्लाकै प्रतिष्ठा र आम नागरिकको स्वास्थ्य सँग जोडिएको हुनाले यसको सुधारको लागी सवै एकजुट हुनुपर्छ ।’
 
मानव जनशक्ति, प्राविधिक उपकरण, भवनको अभाव, एम्बुलेन्सको अपर्याप्तता लगायतका समस्या झेलिरहेको जिल्ला अस्पताललाई १५ शैयाबाट स्तरोन्नतरी गरी ५० शैयाको अस्पताल घोषणा गरिएपनि नागरिकले हालसम्म प्राथमिक उपचार भन्दा बढीको सुविधा पाउन नसकेको सर्वसाधारणको गुनासो छ ।
 
सरकारले १६ शैयाको जिल्ला अस्पतालको स्तरबृद्धि गदै ५० शैयाको बनाउने निर्णय गरेको १६ महिना विति सकेपनि सेवामा कुनै सुधार आउन नसकेको हो ।  २०७२ असोजको मन्त्रीपरिषदको बैठकले जाजरकोट अस्पताललाई ५० शैयामा स्तरबृद्धि गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई कार्यान्वयन गर्ने भन्दै १० जेठमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले एक कार्यक्रमका विच ५० शैयाको अस्पतालको शुभारम्भ भएको घोषणा गरेका थिए ।
 
  स्तरबृद्धि सँगै ९ जना विशेषज्ञ चिकित्सक , चार जना मेडिकल अधिकृत र अन्य सहायक स्तरका स्वास्थ्यकर्मी सहित ५९ जना स्वास्थ्यकर्मीको दरबन्दी स्वतः कामय गरी सरकारले अस्पतालको स्तर बृद्धि गर्ने निर्णय गरेको थियो तर हाल सम्म करार सहित ६ जना मेडिकल अधिकृत र एक जना दन्तरोग सर्जन बाहेक अन्य चिकित्सक र स्वास्थ्यकर्मी आएका छैनन् ।.विशेषज्ञ सहित ३५ दरबन्दी अहिले पनि रिक्त छ । १५ शैयाबाट ५० शैयाको अस्पतालको स्तरबृद्धि हुनु आफैमा ठुलो उपलब्धी हो तर आवश्यक पुर्वाधार विना विशेषज्ञ सेवा प्रदान गर्न नसकिने अस्पताल प्रमुख डा.चाँदनी जैसवाल बताउँछिन । स्वास्थ्यकर्मीका दरबन्दी पनि कायम भैसक्यो अवको काम भनेको भबन निर्माण नै हो डा. जैसवालले भनिन ५० बेडको लागी २ हजार ७ सय ५० बर्गमिटरको भवन आवश्यक पर्छ । तर चालु आर्थिक बर्षमा पनि भवन निर्माणका लागी बजेट छुट्याईएको छैन ।
 
 ५० शैयाको अस्पतालका लागी ६० भन्दा बढी कोठा भएको भवनको आवश्यकता पर्छ । १५ शैयाको अस्पतालका लागी २०३७ सालमा बनाईएका भवन जिर्ण र कोठा अप्रयाप्त हुँदा शैया राख्न समेत नसकिएको अस्पतालले जनाएको छ । तत्काल २५ बेडको सेवा संचालन गर्ने अस्पतालको योजना कोठा अभावमा अलपत्र छ । अहिले पनि पुरानै १५ शैैयाले काम चलिरहेको छ । थप शैया र ब्लड बैक स्थापनाको लागी आएको समान भवन अभावमा थन्किाएर राखिएको डा. जैसवालले बताईन ।  ६ बर्ष देखी अलपत्र प्रसुती भवन हालै निर्माण थालिएको छ । भवन अभावमा प्रसुती सेवा दिन नसकिएको डा. जैसवालको भनाई छ । प्रसुती कक्ष , विशेषज्ञ कक्ष , विरामी जाँच गर्ने , औषधी वितरण , एक्सरे , भिडियो एक्सरे , इमरजेन्सी लगायतका सेवा संचालनका लागी अत्याधुनिक कोठाको आवश्यकता पर्छ । तर भवन नहुँदा सेवा संचालनमा ल्याउन कठिनाई भैरहेको जैसवालको भनाई छ । 
 
त्यस्तै, ५० शैयाको अस्पतालका लागी अप्रेशन कक्ष, स्वास्थ्यकर्मीको लागी आवास भवन , १७ ओटा सम्म गाडी अट्न सक्ने पार्किङ्ग स्थल , खानेपानी , विजुली , बाटो , खुला ठाँउ आदि ब्यवस्थापन गर्नु पर्ने उनको भनाई छ । यी सवै काम गर्नको लागी ८० करोड रुपैया सम्म बजेट आवश्यक पर्छ डा. जैसवालले भनिन ।  त्यस्तै विशेषज्ञ अनुसारका उपकरण आवश्यक पर्छ तर अहिले सम्म केही छैन । स्तरबृद्धि सँगै फिजिसियन , सर्जन , स्त्रीरोग , बालरोग , हाडजोर्नी , मानसिक , बेहोस बनाउने , दाँतरोग र रेडियोलोजिस्ट गरी ९ जना विशेषज्ञ सेवा संचालनका लागी दरबन्दी कायम गरिएको छ । विशेषज्ञ चिकित्सक आएपनि न त उनीहरुको लागी बस्ने क्वाटर छ न त आवश्यक उपकरण र विशेषज्ञ सेवा दिन मिल्ने भवन नै ।
 
जाजरकोट जिल्लामा मात्र फर्किफर्कि  विभिन्न किसिमका महामारी फैलिरहने भएकोले विशेषज्ञ सेवा प्रदान गरि स्वास्थ्य सेवाको पहुँच बढाउन स्तरबृद्धि गरिएको सरकारी अधिकारीहरुको भनाई छ । तत्कालिन मन्त्रीपरिषद बैठकले २०७२ असोज २२ मा अस्पतालको स्तर बृद्धि गर्ने निर्णय गरेको थियो । अस्पतालको स्तर बृद्धि सँगै जाजरकोटका साथै छिमेकी  रुकुम, सल्यान , डोल्पा लगायतका जिल्लावासीले समेत विशेषज्ञ सेवा पाउने अपेक्षा गरिएको थियो ।  
 
जिल्ला अस्पतालमा यतिवेला स्तर बृद्धि हुनु अगावै संचालनमा रहेका ल्याव सेवा , भिडियो एक्सरे , इसिजि , अल्ट्रासाउन्ड लगायतका सेवा बाहेक दाँत तथा मुखको उपचारको लागी आवश्यक उपकरण सहितको सेवा संचालनमा ल्याईएको छ तर सामान्य खालका शल्यक्रिया , प्रसुती सेवा लगायतका आधारभुत सेवा समेत उपलब्ध नभएको नागरिक समाजका जिल्ला अध्यक्ष केशव जंग शाहले बताए । अहिले सम्म सामान्य स्वास्थ्य चौकीले दिने सेवा समेत नपाईने उनको भनाई छ । अस्पतालको स्तरबृद्धि सँगै सेवा बढ्नेमा स्थानियबासिन्दा आशावादी देखिएका थिए तर सम्बन्धित निकायको उदासिनताका कारण अस्पतालले दिने सेवामा कुनै परिवर्तन नहुँदा निराश भएका शाहले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ