arrow

विवाह पछि यस्तो देखिइन् प्रिती जिन्टा

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
preity_zinta_birthday_8_1.jpeg
एजेन्सी । बलिउड अभिनेत्री प्रिती  जिन्टाले मंगलवार आफ्नो ४२ औँ जन्मदिन मनाएकी छन् ।  सोमवार राति उनि अभिनेता  फरदीन खानसँग मुंबईको रेष्टुरेण्टमा  देखिइन् । सो क्रममा  प्रिटी फेशन डिजाइनर सुरीली गोयलले डिजान गरेको निलो रंगको कपडामा थिइन् । प्रिती  निकै मोटाएकी छन् । विवाह पछि उनको वजन बढेको छ । 
 
अघिल्लो बर्ष  प्रिटी जिन्टाले आफु भन्दा १० बर्ष कन्छो अमेरिकन नागरिक  जीन गुडइनफसँग विवाह गरेकि थिइन् । २९ फेब्रुवरीमा दुवैले लस एन्जलसमा एक प्राइवेट  सेरेमनीमा विवाह गरे । लस एन्जलसमा चुपचाप विवाह पछि प्रितीले आफ्नो निजका साथिहरुका लागि मुंबईमा रिसेप्शन पार्टी दिएकी थिइन् । १३ मेमा राखिएको सो पार्टीमा सलमान खान, शाहरुख खान, माधुरी दीक्षित, सुष्मिता सेन, महेश भूपति र लारा दत्ता, शाहिद कपूर-मीरा राजपूत लगायत बलिउडका कलकारको  उपस्थिति  थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ